Advertisement

‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक

0 163

Advertisement

२९ असार, काठमाडौँ । गीतकार विरेन्द्र ढकालको लय तथा शव्द सिर्जनामा निर्माण गरिएको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ ।

तीज पर्व सुरु हुन केही समय बाँकी हुँदा ढकालको लय तथा शब्द, गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको तीज गीत आज विरेन्द्र ढकाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त गीतमा टिकटकबाट ख्याती कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय रहेको छ । मदन खड्काको निर्देशन तथा राम केसीको छायाङ्न रहेको उक्त गीतमा विकास ज्ञवालीले सम्पादन गर्नुभएको छ ।

तीजलाई लक्षित गरेर निर्माण गरिएको उक्त गीतमा मुख्यतया आफु मोटो भएनी नाच्न सक्षम भएको तथा अरु कसैको चियोचर्चा गर्नुहुन्न, आफूमा जे छ त्यसमा खुशी हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.