Advertisement

न्युजिल्यान्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवती पक्राउ

0 63

Advertisement

२२ असार, काठमाडौँ । न्युजिल्यान्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट स्थायी घर भई काठमाडौँको बुढानीलकण्ठ बस्दै आएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो ।

पौडेल ६३ लाख २० हजार रुपैयाँ उठाएर फरार भएको दाबी पीडितको छ ।

कृषि कम्पनीमा काम पाइने र मासिक एक लाख ७० हजार रुपैयाँ कमाई हुने भन्दै पौडेलले युवाहरूलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

न्युजिल्यान्ड जान प्रति व्यक्ति आवश्यक भनिएको १२ लाख ५० हजार रुपैयाँमध्ये आधाभन्दा बढी रकम हात पारेपछि युवती फरार भएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.