Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दलाल पुँजीवादको अराजक साँढे रत्नपार्कमा ढाल्नुपर्छ : विप्लव

0 55

२२ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले नचाहेको दलाल पुँजीवादी सत्ता लादिएको बताएका छन् । बुधबार काठमाडौमा भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले असन या सिंहदरबारबाट दलाल पुँजीवादको साँढे आएर एकछत्र राज गरिरहेको बताए ।

‘नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको छ’, विप्लवको भनाइ छ । उनले त्यो साँढे नेपाली जनताले चिनेको पनि बताएका छन् । ‘यो साँढेलाई तपाई हामीले चिनेका पनि हौ, देखेका पनि हौ र खबरदारी गरेका पनि हौ । यो आइराखेको अराजक साढे छ यसले नेपाली जनतालाई लुट्नेछ’, विप्लवको भनाई छ । उनले दलाल पुँजीवादको साँढेले नेपाली जनतालाई निल्ने र नेपाललाई बेच्नेछ भनेर आफुहरुले पहिल्यै भन्दै आएकोमा अहिले आएर पुष्टि भएको बताए ।

उनले दलाल पुँजीवादको साँढेलाई नत्थी लाएर रत्नपार्कमा पल्टाउने काम अबको पुस्ताको जिम्मेवारी रहेको भन्दै अहिले चलिरहेको लडाईमा नहिच्किचाईं मेहनत गर्नुपर्ने बताए । नेता विप्लवले आफ्नो पार्टीले रोल्पालाई काठमाडौंसँग जोड्ने एकीकृत जनक्रान्तिको कार्यदिशा बनाएको पनि बताए ।

उनले काठमाडौ र रोल्पामा मात्रै लड्ने कुरा नगरेर आफुले देशका सबै क्षेत्र र वर्गलाई एकीकृत गरेर जनक्रान्ति सफल हुने भएकाले ३ करोड नेपालीका लागि आवश्यक रहेको बताए । त्यसो गरे मात्रै नेपाललाई परिवर्तन गर्न सकिने बताए । त्यसका लागि युवाहरुको विशेष योगदान हुनुपर्ने बताए ।

उनले समाजवादीहरुले देश बेचेर खान लाग्दा पनि कसैलाई चिन्ता नरहेको भन्दै वीआइसीसीको हलबाट नेपाल बेच्ने कागजमा सही गरेको आरोप लगाए । उनले एमसीसी प्रकरणबारे अमेरिकालाई समेत आफुले चिठी लेखेको भन्दै उनले देश बेचुवाका विरुद्ध जनताले अनुमति दिए जुनसुकै लडाईं लड्न तयार रहेको बताए ।

‘देश बेच्न पाइँदैन, नेपाली जनतालाई थिच्न पाइँदैन । हामी कसैका गुलाम बन्न जन्मेका होइनौ, यो कुरा हामीले चोक चोकमा भन्नुपर्छ’ विप्लवको भनाइ छ । उनले कतिपयले आफुहरुलाई संसदवादी भन्ने गरेको भन्दै त्यसो भन्नेहरु कायर, डर छेरुवा रहेको बताए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.