Advertisement

चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष केबलकारमा अड्किए

0 126

Advertisement

२२ असार, काठमाडाैँ । राजधानीको चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किन पुगेका छन् । पारिवारसहित चन्द्रागिरिमा घुमघाम तथा आरामका लागि पुगेका उनी करिब एक घण्टा केबलकारमा अड्किन पुगेका हुन् ।

बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए । एकाएक चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार रोकिन पुग्दा चन्द्रागिरि डाँडातिर लागेका तिमल्सिनासहितका कयौँ यात्रु अड्किन पुगेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले केहीबेर केबलकार रोकिन पुगेको बताए । तर, बेलाबेलामा समस्या आउन सक्ने भएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ ।

चन्द्रागिरिमा बेलाबेलामा केबलकारमा यात्रु अड्किने घटना नयाँ भने होइन । यसअघि पनि यस्ता घटना पटक पटक बाहिर आउने गरेका थियो । यस विषयमा चन्द्रागिरि केबलकारले भने औपचारिक धारणा बाहिर ल्याइसकेको छैन । अध्यक्ष तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलले व्यक्तिगत कामका शिलशिलामा चन्द्रँगिरि गएको पुष्टि गरेपनि थप विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.