Advertisement

अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार

0 67

Advertisement

२२ असार, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि समिति बनाउन सत्ता पक्ष तयार भएको छ।

बुधबार संसद् भवनमा दलहरुको बीचमा जारी छलफलमा सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शर्मामाथि छानबिनका लागि सहमति जनाएका हुन्। तर, त्यसअघि अर्थमन्त्रीले संसद्‌मा आफ्नो भनाइ राख्न पाउनुपर्ने अडान राखेका छन्।

एमालेले भने यो विषय सार्वजनिक भएदेखि मन्त्री शर्मालाई बहिस्कार गर्दै आएको छ। उसले अर्थमन्त्री शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने बेलामा पनि बैठक बहिस्कार गरेको थियो। त्यसैले उनले राजीनामा दिनुपर्ने र छानबिन गरिनुपर्ने उसको अडान छ।

एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संसद् परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री शर्माको राजीनामा नै आफ्नो दलको बटमलाइन भएको बताए।

सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिन समितिका लागि नाम मागेका थिए। तर, अर्थमन्त्रीले जवाफ दिन पाउने वा नपाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सर्वदलीय ‍बैठकले गर्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.