Advertisement

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

0 80

Advertisement

२२ असार, काठमाडाैँ । प्रतिनिधिसभाको बैठक बुधबार २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो ।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले विशेष कारणले बस्न नसक्ने भएकोले समय परिवर्तन गरिएको बताए ।

‘आज मिति २०७९ साल असार २२ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.