Advertisement

एमाले र माओवादी सांसद आन्तरिक छलफलमा

0 97

Advertisement

२२ असार, काठमाडाैँ । बजेट प्रकरणमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।

बुधबार ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । ११ बजे नै बैठकमा सहभागी हुन पुगेका सांसदहरु अलमलमा परेका छन् । उता एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् ।

‘हामी संसद भवन परिसरमै छौ, आन्तरिक छलफल र परामर्श भइरहेको छ’, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘उठेका प्रश्नका विषयमा कसरी समाधान गर्ने भन्नेमा हामी प्रयासरत छौ ।’

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले आफुहरु अर्थमन्त्रीको राजीनामाको पक्षमा रहेको भन्दै राजीनामा दिए संसद बैठक सहजै चल्ने बताए । बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आज बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने तयारी भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न जानै नदिने अडान लिएको छ । यसैबीच अर्थमन्त्री शर्मा पार्टीको बैठकका लागि प्रज्ञा भवनतर्फ लागेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.