Advertisement

व्यक्ति हत्या र बलात्कार मुद्दाका दोषी समातिए

0 78

Advertisement

२२ असार, काठमाडौं । कर्तव्य ज्यान मुद्दा र बलात्कार मुद्दाका दुई जना दोषी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बाँकेस्थित नेपाल भारत सीमा नाकाबाट दुई जनालाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल सुनाइएका नेपालगञ्ज उपमहानगरपालिका–६ का ३३ वर्षीय अच्छन अली अन्सारी र बलात्कार मुद्दामा ७ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति सुनाइएका बाँकेकै ३४ वर्षीय जोहरु भाट छन्।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँके पठाइएको सिआईबीका एसपी तथा प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।

अच्छनले २०७५ असार ३१ गते दाइजो कम ल्याएको भन्दै आफ्नी श्रीमतीलाई कुटिपट गर्दै शरीरका विभिन्न भागमा भालाले हान्दा उनको मृत्यु भएको थियो।

अच्छनको कुटाईबाट गम्भीर घाइते भएकी उनकी श्रीमती रुवी अन्सारीको उपचारको क्रममा भारतको लखनउमा २०७६ साउन २१ गते मृत्यु भएको थियो।

उता भाटसहित अर्का एक जना मिलेर २०७० कात्तिक ७ गते बाँकेको सोनपुरस्थित गिजरा सामुदायिक जंगलमा दाउरा लिन गएकी महिलालाई बलात्कार गरेका थिए।

सामूहिक बलात्कार पछि भाट फरार भएका थिए। उनलाई पनि जिल्ला अदालत बाँकेले ७ वर्ष कैदको फैसला सुनाएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.