Advertisement

विनोद शाहीको हत्या आरोपी मेयर चलाउनेमाथि मुद्दा नचलाउने

0 55

Advertisement

२२ असार, अछाम । हत्या आरोपमा मुछिएका पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेमाथि मुद्दा नचल्ने भएको छ ।

पन्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो ।

हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको पाइएपछि मेयर अम्बिकामाथि मुद्दा नचल्ने निर्णय भएको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिए ।

त्यस्तै अन्या दुईजनामाथि पनि मुद्दा नचल्ने भएको छ । नेत्रबहादुर शाही र रामबहादुर शाही पनि हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको ढुंगानाले जानकारी दिए । घटनामा तीनै जनाको संलग्नता भएको कुनै प्रमाण नभएको प्रतिवेदन फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.