Advertisement

बजेट भाषणको २० दिनपछि गण्डकी प्रदेश सभा बैठक बस्दै

0 120

Advertisement

२० असार, काठमाडाैँ । बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।

असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए ।

बजेट भाषणपश्चात २ गते बजेटउपर छलफल गर्ने भनिएपनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल र प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको तालमेल नमिल्दा बजेटउपर दफावार छलफल हुन सकेको थिएन ।

अब भने सोमबार छलफल हुनेगरि आज बसेको कार्यव्यवस्था समितिले सहमति जुटाएको छ । पहिलेको सरकारले व्यवस्था गरेको निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम हटाएको भन्दै, बजेटको तीब्र बिरोध भएको थियो । अर्थमन्त्री बरालले प्रमुख प्रतिपक्ष, तथा गठबन्धन कै सांसहरुलको आलोचना खेप्दै आएका थिए ।

बरालले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड आकारको बजेट प्रस्तुत गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.