Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति भेटियो

0 26

२० असार, काठमाडौं । कोभिड–१९ का बिरामीको संख्या विस्तारै बढ्दै गएको अवस्थामा नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले गरेको आनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा।डा। राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत् हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको बताउनुभयो ।

नेपालमा पछिल्लो समय नयाँ प्रजाति देखिनुले हाल नेपालमा फैलिरहेको कोरोना भाइरस यही हो या होइन भन्नेबारे पुष्टि भई नसकेको डा। श्रेष्ठ बताउनुहुन्छ । उहाँले अन्य ल्याबको नमुना ल्याई अनुन्धान गरिएकाले संक्रमित व्यक्ति को को हो भन्नेबारे यकिन नभएको बताउनुभयो । तर, अस्पतालले यसअघि पनि कोरोना संक्रमण उच्च गतिमा बढेका बेला यसरी नै अनुसन्धान गरी स्वास्थ्य मन्त्रालयले स्वीकृति विश्व स्वास्थ्य संगठनले पुष्टि गरेपछि मात्र मुख खोलेको थियो ।

नेपालमा कोरोना संक्रमण पछि धेरै अध्ययन अनुसन्धान भइरहेको भए पनि सरकारको गोप्य नीतिका कारण रोगका बारेमा समयमै सचेत गराउने वा सार्वजनिक गर्ने वातावरण बनिनसकेको स्वास्थ्य सेवा विभागका एक चिकित्सक बताउँछन् । धुलिखेल अस्पतालमा पुष्टि भएको नयाँ उपप्रजातिका विषयमा पनि अनुसन्धानकर्ताले खुलेर जानकारी गराउन नसकेकै कारण अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको बताइयो । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना भाइरस संक्रमण दर विश्वका केही देशमा पुनः बढिरहेको अवस्थालाई भने स्वास्थ्य मन्त्रालयको दैनिक सार्वजनिक हुने रिपोर्टले पुष्टि गर्छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.