Advertisement

बबरमहलमा कार दुर्घटना, तीन जना घाइते

0 133

Advertisement

१९ असार, काठमाडाैँ । काठमाडौंको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।

घाइते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । घाइते मध्ये गिरीको अवस्था गम्भीर रहेको छ ।

आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.