Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पर्सामा बालिकाको शवसहित तीन जना पक्राउ

0 54

१७ असार, वीरगन्ज । पर्सामा बालिकाको शवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् ।

बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो ।

उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरुपमा अन्त्येष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनै जनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो ।

मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनै जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोली मसानघाटमा पुग्दा शव बेवारिसे छोडेर तीनै जना फरार भएका थिए ।

प्रहरीले जल्दै गरेको शव बरामद जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.