Advertisement

कञ्चनपुरमा घर भत्किँदा चार महिने बालिकाको मृत्यु, दुई घाइते

0 73

Advertisement

१६ असार, कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ। घटनामा परी दुईजना घाइते भएका छन्।

बेदकोट नगरपालिका–५ पोखरीमा बुधबार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको मृत्यु भएको हो।

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन्। त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइँ गर्न गएकी थिइन्।

पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन्। दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.