Advertisement

मुलुकको विकासमा युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्छ: राज्यमन्त्री यादव

0 150

Advertisement

१४ असार, काठमाडौं । परियोजनाको आयोजना तथा स्किलिङ नेपाल फाउण्डेशनको सहकार्यमा राष्ट्रिय सीप प्रतियोगिता–२०७९ सम्पन्न भएको छ ।

देशभरका झण्डै ७० युवायुवती सहभागीता रहेको उक्त प्रतियोगितामा पुरुषतर्फ नारायणप्रसाद पाण्डे र महिलातर्फ रोजी घर्तीमगर प्रथम हुनुभएको छ । प्रतियोगितामा प्रथम भएसँगै पाण्डे र घर्तीमगरले रु २५ हजार नगदसहित, प्रमाणपत्र, मेडल प्राप्त गर्नुभयो ।

यस्तै, पुरुषतर्फ विनोद थारु दोस्रो र सुजन प्रसाईँ तेस्रो हुनुभएको छ भने महिलातर्फ शर्मीला महत दोस्रो र रुपा थापा तेस्रो हुनुभएको छ । दोस्रो र तेस्रो हुने प्रतियोगिलाई क्रमशः रु २० हजार र रु १५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले मुलुकको विकासका लागि युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) दोस्रोले स्किलिङ नेपाल फाउण्डेशनको सहकार्यमा आज आयोजना गरेको ‘राष्ट्रिय सीप प्रतियोगिता–२०७९’ को समापन कार्यक्रममा बोल्दै उहाँले युवालाई स्वदेशमा तालिम प्रदान गरी युवाको ज्ञान, सीप र क्षमतालाई मुलुकको विकासमा लगाउनुपर्ने बताउनुभएको हो ।

“मुलुकको समग्र विकासका लागि देशको कुना कन्दरा तथा विश्वभर छरिएर रहेका युवा प्रतिभाको ज्ञान, सीप र क्षमतालाई उपयोग गर्दै मुलुकको समुचित विकास र दिगो उपयोगका लागि प्रतिभावान जनशक्तिलाई स्वदेशमै टिकाइराख्ने वातावरण निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएको छु,”– उहाँले भन्नुभयो ।

राज्यमन्त्री यादवले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाद्धारा सञ्चालित कार्यक्रमले युवालाई सीप अभिवृद्धि गर्न र रोजगारी क्षेत्रमा धेरै हदसम्म सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
परियोजनाका निर्देशक एवम् शिक्षा मन्त्रालयका उपसचिव चन्द्रकान्त भुसालले प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारी प्रदान गर्न परियोजनाले काम गर्दै आएको बताउनुभयो ।
उहाँले नविनतम सोचका साथ अगाडि बढेको उक्त परियोजनाले देशका विभिन्न स्थानमा बसोबास गर्ने १५ देखि ४० वर्षसम्मका एक लाख १५ हजार विपन्न, दलित, महिला तथा अपाङ्ग व्यक्तिलाई छोटो समयको तालिम प्रदान गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घका अध्यक्ष अच्युत नेपालले मुलुकको विकासका लागि स्थानीय तहदेखि केन्द्र तहसम्म विभिन्न प्रकारका तालिमको खाँचो रहेको बताउनुभयो । “तालिम नदिई रोजगारी सृजना हुँदैन, रोजगारी सृजना नभए देशको विकास हुँदैन, देशको विकासका लागि तालिम अपरिहार्य रहेको बताएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.