Advertisement

सुनको भाउ प्रतितोला ४०० रुपैयाँ महङ्गियो

0 151

Advertisement

१३ असार, काठमाडाैँ । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सोमबार तोलामा ४०० रुपैयाँले बढेको हो । पहेँलो धातु अघिल्लो दिन आइतबार प्रतितोला २०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्ले दिन ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा काराबार भैरहेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३७ र चाँदी प्रतिऔंस २१.४१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.