Advertisement

विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

0 86

Advertisement

०९ असार, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । ११ यात्रु घाइते भएका छन् ।

विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख १८९८ नम्बरको बस कोसी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो ।

मृत्यु भएकी अन्दाजी ५०/६० वर्षीया महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बस दुर्घटना भए लगत्तै नेपाल र सशस्त्र प्रहरी पुगेर घाइतेहरूको उद्धार गरेका छन् ।

६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अनियन्त्रित भई सडकबाट उत्तर २० फिट तल झरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.