Advertisement

किन चाँहियाे पाेर्चुगलमा नेपालि राजदुताबास ?

0 654

Advertisement

याेगेन्द्र खरेल

०५ असार, लिस्वाेन पाेर्चुगल । युराेपेली मुलुकमध्ये पाेर्चुगलमा आप्रबासीहरुकाे लागी काम गर्न , रेसिडेन्सि प्राप्त गर्न , परिवारिक मिलन लगायतमा निकै सहज छ l यस देशमा छिरिसकेपछि काम संगसंगै आधारभुत कागजी प्रकृया पुरा गर्दै गएपछि निश्नित समय अवधि संगै अस्थाई हुदै स्थाई बसाई अनुमति प्राप्त गर्न सकिन्छ l यहि अवधिमा परिवारका सदस्यहरुलाई समेत यहाँ झिकाई परिवारका सदस्यहरु संगै रमाउन पाईने भएकाले पनि अधिकांश आप्रवासिहरुकाे राेजाईकाे मुलुक बनेकाे छ पाेर्चुगल

यहाँ बिभिन्न देशका नागरिकहरुसंगै नेपालिहरुकाे संख्या पनि उल्लेख्य छ l कार्यस्थल, सडक , पार्क लगायतका स्थानमा सुनिने नेपालि भाषाले नेपालिहरुकाे उल्लेख्य उपस्थिति रहेकाे सहजै अनुमान लगाउन सकिन्छ l तर यकिन कति संख्यामा नेपालिहरु छन त पाेर्चुगलमा ? याे प्रश्न अनुत्तरित नै छ अहिले सम्म l यहाँ कति संख्यामा नेपालिहरुकाे बसाेबास छ भन्ने बारे तथ्यांक संकलन गर्ने कार्य बाणिज्यदुताबासले गर्नुपर्ने थियाे तर बाणिज्यदुताबास संग त्यस्ताे कुनै भरपर्दाे तथ्यांक छैन l यहाँ करिब चालिस/ पैचालिस हजारकाे हारहारिमा नेपालि छन कि भन्ने अनुमान गर्न सकिन्छ l यहाँ बाणिज्यदुताबास ,एनआरएनए , बिभिन्न जातिय भेगिय राजनितिक संघसस्थाहरु छन र संघसस्थाहरु फुटाउने बनाउने क्रम जारि नै छ l तर यि संस्थाहरुले सन्ताेषजनक कार्यसम्पादन गर्न सकिरहेका छैनन भन्ने आराेप लाग्ने गरेकाे पाईन्छ l यहाँ रहेका नेपालिहरुकाे तथ्यांक संकलन गर्ने , उनिहरुकाे समस्या पहिचान गरि समस्या समाधानमा सहजिकरण गर्ने कार्य संघसंस्थाहरुले गर्नुपर्नेहाे तर राजनितिक आग्रहपुर्वाग्रहले थिलाेथिलाे परेर चुइटिएर बिभाजित भएका एनआरएनए लगाएत संघसस्थाहरुलाई आफ्नै धाेतिटाेपि स्याहार्न मुस्किल छ l यस्ताे अबस्थामा पुगेका संघसस्थाहरुले केहि राम्राे गर्लान त ? आशा गर्ने ठाँउ देखिदैन

विवादित तथा बिभाजित संघसस्थाहरु तथा निरिह बाणिज्यदुताबास भएपछि यहाँ रहेका नेपालिहरुले अभिभावक बिहिन भएकाे अनुभव गर्नु स्वभाविक नै भयाे l प्रदेशकाे ठाँउ बढ्दाे आप्रवासिहरु भएकाे ठाँउमा कति बेला कुन समस्या संग जुध्नुपर्छ त्यसकाे कुनै ठेगान हुदैन l यहाँ अहिले समस्यामा परेकाे मान्छेले समस्या सुनाउने र समाधानकाे आशा गर्ने कुनै भरपर्दाे ठाँउ छैन l मनमा भएकाे पिडा सुनाएर मन हल्का गराउने ठाँउ छैन l समस्या पर्याे भने सहयाेग गर्ने याे छ है भनेर मन ढुक्क गराउने ठाँउ छैन l हजाराै काे संख्यामा रहेका नेपालि नेपालि बिचमा समस्या हुदा बैमनस्यता उत्पन्न हुदा तिनिहरुलाई एकताकाे सुत्रमा बाँध्ने , आपसि भाईचाराकाे भावना जागृत गराउदै लैजाने l म, तपाई र हामि नेपालि हाै भन्ने भावना स्थापित गराउन सहजिकरण गर्ने हामि सबैकाे साझा संस्थाकाे रुपमा हामिलाई राजदुताबास चाहिएकाे छ यहाँ l

बिभिन्न देश हुदै बिभिन्न नियत बाेकेका केहि नेपालिहरु पनि भित्रियका छन यहाँ l काेहि पैसा कमाउन हतार भएका , काेहि अराजक राजनितिकाे भुत चढेका , काेहि याैनपिपाशु l ठुलाे संख्यामा नेपालिहरु रहेकाे पाेर्चुगलमा यस्ता खराब आचरण तथा नियत भएका मानिसहरु निकै कम संख्यामा छन तर समाज बिगार्न धेरै खराब मान्छेहरु नचाहिँदाे रहेछ l यिनै थाेरै संंख्यामा रहेका खराब मान्छेहरुले नेपालि लाई नै ठगि गर्ने , नेपालि चेलिहरुलाई ललाईफकाई वा डरधम्कि देखाई याैनहिंसा गर्ने गरेका घटनाहरु बाहिरिने क्रम बढ्दै जानु नेपालि समुदायकाे लागि दुखद् तथा दुर्भाग्यपुर्ण हाे l नेपालि ले यसाे गर्छन रे उसाे गर्छन रे भन्ने नराम्राे प्रभाब अन्य समुदायमा पर्न गयाे भने हाम्राे यहाँकाे बसाई पक्कै सहज हुने छैन l त्यसैले यि गलत नियतभएका नेपालि नागरिकहरुलाई समयमै कानुनी दायरामा ल्याई पिडितहरुलाई न्याय दिलाउन सकेमा यस्ताे प्रबृत्तिकाे अन्त्य हुने थियाे अनि नेपालि ले नेपालि लाई नै ठग्ने र ब्ल्याकमेल गर्ने कार्यकाे अन्त्य हुने छ l समस्याकाे सहि पहिचान गर्न , समस्या सामधान गर्दै पिडितलाई न्याय र पिडकलाई कार्बाहि गर्दै आपसि मेलमिलापकाे लागि सहजिकरण गर्न यहाँ नेपालि राजदुताबास चाहिएकाे छ l

नेपालिहरुकाे बढ्दाे संख्या रहेकाे पाेर्चुगलमा नेपालि राजदुताबास नहुदा बिभिन्न कागजि प्रक्रियामा समेत निकै शास्ति बेहाेर्नुपरेकाे छ l यहाँ रहेका नेपालिहरु पासपाेर्ट लगायत नेपालमा रहेकाे काराेबार गर्नुपर्दा फ्रान्स स्थित राजदुताबासकाे भर पर्नुपर्ने हुदाँ काममा निकै ढिलासुस्ति हुने गरेकाे गुनासाे प्रसस्तै सुन्न पाईन्छ l फ्रान्स स्थित राजदुताबासबाट पाउने सेवा नै सुस्त र झन्झटपुर्ण हुने र चाँहेकाे बेला चाँहेकाे काम समयमै सम्पन्न गर्न गाह्राे भईरहेकाे छ l याे समस्या पाेर्चगलमा रहेका अधिकांश नेपालिहरुले भाेग्ने मुख्य समस्या नै हाे l याे समस्याबाट मुक्त हुन र चाँहेकाे बेला राजदुताबासले दिने सेवासुबिधाहरु प्राप्त गर्न हामिलाई नेपालि राजदुताबास चाहिएकाे छ l

यहाँकाे हावापानी नेपालकाे हावापानीसंग मिल्दाेजुल्दाे भएकाले नेपालीहरुकाे लागी यहाँकाे बसाई सहज हुनसक्दछ l यहाँ थाेरै लगानीबाट समेत सजिलै ब्यावसाय शुरु गर्न सकिने भएकाले यहाँ थाेरै लगानी गर्नेहरुकाे लागी समेत उपयुक्त छ l यहाँकाे मुख्य आयस्राेत कृषि र पर्यटन हाे , कृषि र पर्यटनकाे उच्च सम्भावना रहेकाे नेपालले यस्ता देशहरु संग सम्बन्ध स्थापीत गर्न सकेमा नेपालकाे कृषि तथा पर्यटन ब्यावसाय काे बिकाशमा टेवा पुग्ने नै छ l यहाँ राजदुताबास स्थापना गरि पाेर्चुगल नेपाल बिच मैत्रिपुर्ण सम्बन्ध स्थापित गर्न सकेमा नेपाल ले यहाँ बाट राम्राे फाईदा लिनसक्ने छ l

पाेर्चुगलकाे मुख्य आयस्राेत मध्ये कृषि पनि एक हाे l आधुनिक र ब्यावसायिक कृषि प्रणाली अपनाउदै कृषिमा राम्राे प्रगति गर्दै गईरहेकाे यस देश संग नेपालले मैत्रिपुर्ण सम्बन्ध स्थापित गर्दै कृषि सिप, अनुभव , प्रबिधि , बिउबिजन र जनशक्ति आदिकाे आदानप्रदान गर्दै नेपालमा पनि आधुनिक तथा ब्यावसायिक कृषि प्रणालि अपनाउन सकेमा धरासायी हुँदै गईरहेकाे नेपालकाे कृषि प्रणालीकाे बिकाशमा ठुलै प्रगति गर्न सकिने देखिन्छ l त्यतिमात्र हाेईन यहाँकाे ब्यावसायिक सहजताकाे भरपुर उपयाेग गर्दै नेपाली ब्यावसायिहरुले नै नेपालकाे कृषि लगायत अन्य उत्पादन पाेर्चुगल हुँदै बिश्व बजार सम्म पुर्याउने र निर्यात सुनिश्चितता हुने समेत ठुलाे सम्भावना रहन्छ l यसकाे लागी नेपाल सरकारले पाेर्चुगलमा राजदुताबास स्थापना गरि दुबै देशकाे सम्बन्ध सुधार गर्दै दुबै देश बिच सहकार्य गर्दै अगाडि बढ्ने वातावरण नेपालले निर्माण गर्नुपर्ने हुन्छ l

यहाँकाे अर्काे मुख्य आयस्राेत अन्तर्गत पर्यटन ब्यावसाय पर्दछ l यहाँ युराेपेलि देश तथा अन्य देशबाट हरेक बर्ष प्रशस्त पर्यटकहरु भित्रिने गर्दछन l नेपाल पनि पर्यटनमा उच्च सम्भावना बाेकेकाे देश हाे l यदि नेपालले पाेर्चुगल संग मैत्रिपुर्ण सम्बन्ध स्थापित गर्दै पर्यटन ब्यावसायकाे स्तर उन्नति गर्दै पर्यटक आकर्षण सम्बन्धि सिप र अनुभव आदानप्रदान गर्दै पर्यटन ब्यावसायमा सहकार्य गर्न सकेमा नेपालले धेरै नै फाईदा लिन सक्दछ l पाेर्चुगल सरकारकाे अनुमति लिएर, यहाँ भित्रिने पर्यटकहरुबिच नेपालका पर्यटकिय स्थानहरुकाे ब्यापक प्रचारप्रसार गर्नसकेमा नेपालमा भित्रिने पर्यटकहरुकाे संंख्यामा उल्लेख्य बृध्दि हुने सम्भावना रहन्छ l यहाँ आएका पर्यटकहरुलाई अबकाे गन्तब्य नेपाललाई बनाउनु पर्छ है भन्ने गराउन नेपालका ऎतिहासिक , धार्मिक , प्राकृतिक , साँस्कृतिक बिविधताकाे ब्यापक प्रचार प्रसार गर्नुपर्ने हुन्छ l यहाँ भित्रिने हरेका पर्यटकहरुलाई नेपालका पर्यकिय स्थलहरुकाे बारे बिस्तृत जानकारि गराउन सकेमा अर्काे गन्तब्यकाे रुपमा नेपाललाई अबस्य राेज्ने नै छन l नेपालकाे पर्यटकिय स्थानकाे ब्यापक प्रचारप्रसार गर्दै कम लगानि मै यात्रा गर्न खाेज्नेहरुलाई समेत समेट्ने गरि पर्यटक प्याकेज कार्यक्रम सन्चालन गर्न सकेमा नेपालले धेरै संख्यामा पर्यटकहरु भित्र्याउन सक्दछ l यसकाे लागी पाेर्चुगल जस्तै पर्यकिय सम्भावना भएका देशहरु संग सहकार्य गर्नु आवस्यक देखिन्छ l

यसरि पाेर्चुगलमा नेपालि राजदुताबास स्थापना गर्दै गर्दा यहाँ रहेका नेपालि समुदायकाे दैनिकि सहज हुने संगसंगै समग्र नेपालकाे कृषि , पर्यटन र आर्थिक बिकाशमा थप टेवा पुग्ने भएकाले यसकाे लागि सबैले आ आफ्नाे ठाँउबाट सक्दाे पहल गर्न सकेमा हामि सबैकाे हित हुने नै छ l यस बिषयमा नेपालकेा सम्बन्धित निकायलाई निरन्तर घच्घच्याँई रहनुपर्दछ l

जय देश जय नेपाल



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.