Advertisement

लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश प्रवाह गर्ने गीत ‘छोरी’ सार्वजनिक

0 231

Advertisement

०१ असार, काठमाडाैँ । छोरीलाई सही संस्कार , समान अवसर र हौसला दिएर सक्षम बनाउन सकिन्छ । छोरी सक्षम हुनुले लैङ्गिक विभेद अन्त्य गर्न सघाउ पुग्छ भन्ने सन्देश प्रवाह गर्ने गीत ‘छोरी’ कडरिया इन्टरटेनमेन्ट मार्फत भर्खरै सार्वजनिक भएको छ ।

शिव पलाँसको शब्दलाई रमेश कडरियाले संगीत गरेका छन् भने भ्वाइस अफ किड्सका फाइनल प्रतिस्पर्धी रुक्सना लिम्बु र अनुजा कडरियाले आवाज भरेका छन् । यसका साथै गीतमा रयापर क्यानोपसको पनि आवाज छ ।

यो गीतको भिडियोमा कार्टुन क्रु जुनियरको डान्स आस्मा विश्वकर्मा, रमेश कडरिया, युनिका कडरियाका साथै गायिकाद्वय लिम्बु र कडरियाको अभिनय देख्न पाइन्छ । सरोज अधिकारीको भिडियो निर्देशनमा निमबाबु तामाङले गीतमाथि कोरियोग्राफी गरेका छन् । रमेश कडरियाले यसभन्दा पहिला पनि महिला हिंसा बिरुद्धको सचेतनामुलक गीत कठोर’ल्याईसकेका छन् । भिडियो ‘कडरिया इन्टरटेन्मेन्ट प्रा.लि.मार्फत ‘कडरिया इन्टरटेन्मेन्ट युट्युब’ च्यानल बाट सार्वजनिक गरेका छन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.