Advertisement

दिनेश राउत निर्देशित ‘प्रकाश’को विदेश राइटस् बिक्रि

0 223

Advertisement

३० जेठ, काठमाडौँ । दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार बिक्री भएको हो ।

निर्देशक राउतले केही समयअघि सार्वजनिक चलचित्रको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको बताए । निर्देशक राउतले भने -‘नेपालमा सिनेमा रिलिज भएकै मितिमा यी देशमा पनि रिलिज हुनेछ ।’

चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको छ । जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई समेटेको छ ।

चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.