Advertisement

टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर नेपाली बजारमा भित्रियो

0 136

Advertisement

३० जेठ, काठमाडाैँ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको पछिल्लो उत्पादन जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रलिले उक्त उपकरण नेपाली बजारमा भित्र्याएको हो ।

भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ ।

विभिन्न प्रयोजनका लागि उपयुक्त जेनभोल्टज जेनेरेटर अधिक टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो रहेको सिप्रदी ट्रेडिङ्ले जनाएको छ । २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यो जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा कम्पनीले गरेको छ ।

“हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौ । टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्ध छ ।” टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले भने, “टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्नेछ ।”

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले स्थापनाकालदेखि नै सिप्रदी ट्रेडिङले आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकहरुको इच्छा र आवश्यकताहरुलाई परिपूर्ति गर्न प्रतिबद्ध रहँदै आएको बताए । “टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ उर्जा प्रदान गर्नेछ । हामी पूर्ण विश्वस्त छौं कि टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुनेछ”, प्रमुख कार्यकारी श्रेष्ठले भने ।

पीसीबी २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरि उत्कृष्ट कार्यक्षमता देखाउँने बताइएको छ । इन्जिनको आयु लामो हुने जेनेरेटरमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता राखिएको छ ।

निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त हुने सिप्रदी ट्रेडिङले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.