Advertisement

अब इन्स्टाग्रामको पोस्ट पनि पिन गर्न सकिने

0 266

Advertisement

२७ जेठ, काठमाडौं । इन्स्टाग्रामले नयाँ फिचर लन्च गरेको छ। अब प्रयोगकर्ताले कुनै फोटो वा पोस्ट पिन गर्न सक्ने भएका छन्।

फोटो वा पोस्ट पिन गरेपछि त्यो प्रयोगकर्ताको प्रोफाइल टाइमलाइनको माथिल्लो भागमा देखिने टेकक्रन्चले उल्लेख गरेको छ।

यो फिचर ट्विटर, टिकटक, फेसबुकलगायत सामाजिक सञ्चालमा पहिलेदेखि नै उपलब्ध छ।

यसरी गर्नुहाेस पिन

कुनै पनि पोस्ट पिन गर्नका लागि उक्त पोस्टमा क्लिक गर्ने। क्लिक गरिसकेपछि पोस्टको माथिल्लो दायाँतर्फ देखिने ३ डटमा क्लिक गर्ने।

त्यसपछि ‘पिन टु योर प्रोफाइल’मा क्लिक गर्ने। उक्त प्रक्रिया पुरा गरेपछि पिन गरिएको पोस्ट टाइमलाइनको सबैभन्दा माथि देखिन्छ।

यसरी ३ वटा पोस्टसम्म पिन गर्न सकिन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.