Advertisement

आइफोन, आइप्याड प्रयोगकर्ताको १५ अर्ब डलर जोगाइदियो एप्पलले

0 133

Advertisement

२२ जेठ, काठमाडाैँ । एप्पलका डिभाइसहरु केवल प्रिमियम गुणस्तर तथा मूल्यका कारण मात्र लोकप्रिय छैनन् एप्पलले आफ्ना डिभाइसहरुलाई प्रयोगकर्ताको सुरक्षाको दृष्टिकोणले पनि अब्बल बनाउने गरेको छ ।

हलै एप्पलले आइफोन प्रयोगकर्ताका डाटाहरु ब्लाक मार्केटमा विक्रि हुनबाट कसरी जोगाइएको छ भन्ने तथ्यको खुलासा गरेको छ ।

एप्पल प्रयोगकर्ताको अर्बौँ डलर रकम गत वर्ष सन् २०२१ मा जोगाइदिएको कम्पनीको भनाइ छ ।

आफ्नो ब्लगमा कम्पनीले जनाए अनुसार सन् २०२१ मा एप्पलले एप स्टोरमा करीब डेढ अर्ब डलरको ठगीपूर्ण कारोबार हुनबाट प्रयोगकर्तालाई जोगाएको छ ।

एप्पलले आफ्ना प्रयोगकर्ताहरुको पैसा, सूचना तथा समय त जोगाइदिएकै छ, त्यसका अलावा १० लाखभन्दा धेरै समस्याग्रस्त एपहरुलाई पनि एप स्टोरबाट हटाइदिएको छ । एप्पलका अनुसार उसले गतवर्ष जोखिमयुक्त १६ लाख वटा एप तथा एप अपडेटहरुबाट प्रयोगकर्ताहरुमाथि ठगी हुनबाट जोगाएको छ ।

एप्पलले भनेको छ, ‘खराब तत्वहरुले लगातार आफ्नो अनलाइन ठगीका नयाँ नयाँ तरिका विकसित गरिरहेका छन् । यसले त्यस्ता चालहरु पहिचान गर्न कठीन हुन्छ । सोही कारण एप्पलले आफ्ना प्रोसेसहरुलाई शुद्धीकरण गर्ने, नयाँ प्रोसेसहरु तयार गर्ने र त्यस्ता जोखिमहरुबाट जोगिने तरिका खोजी गर्ने गर्दछ ।’

सन् २०२१ मा एप्पलले ठगी तथा दुरुपयोगमा संलग्न १७ करोड प्रयोगकर्ताका अकाउन्टलाई डिएक्टिभेट गरिदिएको छ । त्यस्तै चोरी भएका ३३ करोड कार्डलाई दुरुपयोग हुनबाट रोकेको एप्पलको दाबी छ । एप्पलका अनुसार सन् २०२१ म १ लाख ७ हजार भन्दा धेरै नयाँ डेभलपर्स एप्पलको एप स्टोरमा जोडिएका छन् ।

ग्तवर्ष साढे ३४ हजार एपलाई हिडन वा अनडकुमेन्टेड फिचरका कारण अस्विकृत गरिएको एप्पलले जनाएको छ । त्यस्तै १ लाख ५७ हजार एपलाई स्पाम, नक्कल वा गलत तथ्यका कारण अस्वीकृत गरिएको छ । त्यस्तै एक लाख ५५ हजार एपलाई नियम उल्लंघनका कारण एप स्टोरबाट हटाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.