Advertisement

पाकिस्तानी तालिवानद्वारा अनिश्चितकालीन युद्ध विराम घोषणा

0 120

Advertisement

२१ जेठ, इस्लामाबाद । पाकिस्तानी तालिवान लडाकु समूहले शुक्रबार पाकिस्तानी सरकारसँग अनिश्चितकालीन युद्ध विराम घोषणा गरेको छ । दुई पक्षबीच अफगान तालिवान समूहले वार्ताको मध्यस्थता गरेपछि युद्ध विराम सम्भव भएको हो ।

पाकिस्तानी तालिवान (टीटीपी)ले अफगानिस्तानको राजधानी काबुलमा सम्पन्न वार्तामा उल्लेख्य प्रगति भएको र अर्को सूचना नभएसम्म युद्ध विराम जारी रहने बताएको छ ।

एकजना पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको जानकारी समाचार एजेन्सी एएफपीलाई दिएका छन् ।

टीटीपी वर्षौंदेखि पाकिस्तानको सशस्त्र फौजविरुद्ध लड्दै आएरहेको छ । टीटीपी (तेहरिक–ई–तालिवान) अफगानिस्तानको सीमासँग जोडिएका पाकिस्तानी क्षेत्रमा कट्टरपन्थी इस्लामिक कानुन ‘सरिया’ लागु गर्न चाहन्छ । ती पहाडी क्षेत्र लामो समयदेखि तालिवानको पकडमा छन् । यस समूहको अफगान तालिवानसँग निकट र अस्पष्ट सम्बन्ध रहेको छ ।

गत वर्ष तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेयता टीटीपीले पाकिस्तानमा आक्रमणलाई तीव्रता दिँदै सन् २०२१ मा दर्जनौँ सरकारी फौजको ज्यान लिएको थियो ।

अहिले काबुलमा तालिवान लडाकु, पाकिस्तानी नेताहरू र आदीवासी बुजुर्गहरू सम्मिलित सभा ‘जिर्गा’मा वार्ता चलिरहेको छ । तर युद्धविरामका सर्तहरू के हुन सक्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

यसअघि ३० मेमा सम्पन्न इस्लामिक महान पर्व इदका लागि यी दुई पक्षबीच युद्धविराम घोषणा भएको थियो । विगतमा यस्ता युद्धविरामहरू चाँडै नै भंग हुने गरेको इतिहास छ ।

बीबीसी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.