Advertisement

भारतमा पानीको अत्यन्तै अभावलाई झल्काइदिएको त्याे तस्विर

0 287

Advertisement

२१ जेठ, नयाँ दिल्ली । अनलाइनमा भाइरल भइरहेको एउटा तस्बिरले भारतको मध्यप्रदेश राज्यका विभिन्न भागमा पानीको अत्यन्तै अभावलाई झल्काइदिएको छ ।

तस्बिरमा एकजना महिला पानीको बन्दोबस्त गर्न ठूलो जोखिम मोलेर एउटा गहिरो इनारको पर्खाल ओर्लिरहेको देखिन्छ । इनार र पोखरीहरूसमेत सुक्न थालेपछि घुसिया गाउँका वासिन्दाहरूले पानीका लागि संघर्ष गरिरहेका छन् । भारतका अन्य थुप्रै क्षेत्रमा पनि पानीको हाहाकार छ । 

गत अप्रिलमा पनि महाराष्ट्र राज्यमा एकजना महिला इनार पसिरहेको अर्को एक भिडियो पनि भाइरल भएको थियो ।

सन् २०१९ मा सार्वजनिक भएको एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनमा पानीको अत्यन्तै समस्या भएका १७ वटा मुलुकमा भारत पनि परेको थयो । उक्त प्रतिवेदनमा भारतका मध्यप्रदेश, पन्जाब, राजस्थान, उत्तर प्रदेश, गुजरात, उत्तराखण्ड र हरियाणा राज्य सबैभन्दा समस्याग्रस्त रहेको उल्लेख थियो । 

मध्यप्रदेशमा हरेक गर्मीयाममा पानीको अति अभाव हुने गरेको छ ।  यहाँको राज्य सरकारले सन् २०२४ सम्ममा प्रत्येक गाउँमा धाराको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । तर, अझै लाखौँ मानिससमक्ष खानेपानी पुग्न सकेको छैन । 

पानीको अभावकै कारण घुसियाका गाउँलेहरूले सरकारविरुद्ध विरोध जनाउन यस वर्षको स्थानीय चुनाव बहिष्कार गर्ने बताइसकेका छन् ।  

बीबीसी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.