Advertisement

एनसेलले ल्यायो अनलिमिटेड डेटा र अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक

0 375

Advertisement

१९ जेठ, काठमाडौं । एनसेलले मनसुन धमाका अफर ल्याएको छ। जसअन्तर्गत् एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।

यी प्याकहरु बिहीबार (जेठ१९) बाट लागू हुनेछन्। ग्राहकका दैनिक डेटाको आवश्यकता सम्बोधन गर्न यस अफरअन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु छन्। आफ्नो आवश्यकताअनुसार ग्राहकले करसहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन्। एष्ट्रिक्स१७१२३ह्यास डायल गरी यो प्याक खरिद गर्न सकिन्छ।

एनसेलले अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समय सिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ। यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनैपनि मोबाइल नेटवर्कमा सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन्।

भ्वाइस र एसएमएस प्याक आवश्यकताअनुसार लिन सकिन्छ। करसहित १२रुपैयाँमा ३० मिनेट टकटाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा१००मिनेट टकटाइम र १००एसएमएस, २९ रुपैयाँमा २९०मिनेट टक टाइम र २९० वटा एसएमएस भएको बन्डल प्याक लिन सकिन्छ। अल नेट प्याक लिन एष्ट्रिक्स१७१११८ह्यासडायल गर्नुपर्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.