Advertisement

फाइदै फाइदा गर्ने तरकारीः लौका

0 523

Advertisement

१८ जेठ, काठमाडाैं । यसमा ९६ प्रतिशत त पानी नै हुन्छ । यसकारण यसले शीतलता प्रदान गर्ने नै भयो । यसमा हुने पोटासियमले हाम्रो प्रेसर कम राख्न र हाम्रो शरीरमा हुने इलेक्ट्रोलाइटलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीने चल्दै आएको चलन हो। मानिसहरुले यो बानी परिवर्तन गरेर लौकाको जुस खाने हो भने शरीरलाई धेरे फाइदा पुम्ने गर्दछ । हामीलाई लौकाको जुसको बारेमा त्यति थाहा छैन।
प्राय लौकालाई तरकारीको रुपमा प्रयोग गर्दे आइरहेका छौं।

लौकाको फिक्का स्वादले गर्दा लौका मानिसलाई नराम्रो लम्न सक्छ तर यसको फाइदा थाहापाएपछि यसलाई अस्विकार गर्न सकिदैन ।

लौकाको जुसको फाइदाहरु यस्ता छन्ः

१. शक्तिको लागी:

यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस यसले निकै फाइदा पु्र्याउछ। लौकामा कार्बोहाइड्रेट बड़ी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउछ।

२. पिसाब इन्फेक्सन निको पार्छ:

यदी तपाइलाई पिसाब फेदा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ । लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ।

३. शरीर भित्रको फोहोर सफा गर्नः

लौकाको रसमा ९८ ५ पानि र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाइ बाहिर निकाल्ने काम गई र शरीरको भित्री सफा राख्ने काम गरछ।

४. ओजन घटाउनमा मद्धत गर्छ:

लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ।

५. कब्जियतलाई आराम गर्छ:

लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाइ दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.