Advertisement

भारतको कश्मीरमा मोबाइल इन्टरनेट सेवा अनिश्चितकालका लागि बन्द

0 244

Advertisement

१३ जेठ, काठमाडौं । छिमेकी देश भारतले कश्मीरमा मोबाइल इन्टरनेट सेवा बन्द गराएको छ।भारतमा हालै पृथकतावादी नेता यासिन मलिकलाई बुधवार आतंकवादी फन्डिङ्गको मुद्दामा आजीवन कारावासको सजाय सुनाइएपछि सावधानीका रूपमा कश्मीरमा मोबाइल इन्टरनेट निलम्बन गरिएको भारतीय मिडियाहरुले जनाएका छन्। यासिन मलिकलाई आतंकवादीलाई आर्थिक सहयोग मुद्दामा अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।

कश्मीर उपत्यकाका सबै नेटवर्क सेवा प्रदायकलाई मोबाइल इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिइएको अधिकारीहरुले बताएका छन्। तर, फाइबर र ब्रोडब्यान्डलगायत फिक्स्ड लाइनमा इन्टरनेट सेवा सञ्चालन भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

भातरीय समाचार एजेन्सीकाअनुसार कश्मीरमा शान्ति कायम राख्न प्राधिकरणले मोबाइल इन्टरनेट सेवा बन्द गरेको हो। हाल बन्द गराईएको मोबाइल इन्टरनेट सेवा कहिलेदेखि सुचारु हुने भन्ने बारे अहिले कुनै जानकारी दिइएको छैन्।

गत महिना, भारतकै पञ्जाब राज्य सरकारले भ्वाइस कल बाहेक मोबाइल इन्टरनेट र एसएमएस सेवाहरू निलम्बित गरेको थियो। पटियाला जिल्लामा, खालिस्तान विरोधी मार्चमा दुई समूहहरू बीचको झडपको एक दिन पछि सो कदम चालिएको थियो, जसमा चार जना घाइते भएका थिए।

कश्मीरमा पनि सावधानीका रूपमा सेवा बन्द गरिएको बताईएको छ। कश्मीर भारतको सबैभन्दा संवेदनशील क्षेत्र हो। यस्तो अवस्थामा पहिलो र सुरक्षित कदमका रूपमा अधिकारीहरूले इन्टरनेट सेवा बन्द गराएका हुन्।

यसअघि पनि कश्मीरमा पटक पटक टेलिफोन तथा इन्टरनेट सेवा बन्द हुँदै आएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.