Advertisement

बजेट आउनु अघि निरन्तर बढ्दै सेयर बजार, कारोबार भने खुम्चियो

0 176

Advertisement

१२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ । सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने संकेत नीति तथा कार्यक्रमले गरेको छ ।

सोही अनुसार बजेट आउनु अगाडि बजार बढिरहेको छ । बिहीबार बजार ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा पुगेको छ । यस दिन उपसमूहहरुमा मिश्रित परिणाम देखिएको छ ।

बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन र प्रशोधन, लघुवित्त, जीवन बीमा, म्यूचअल फण्ड र लगानी उपसमूह हरियो रह्यो । अन्य उपसमूह भने राताम्य भयो ।

बिहीबार २२२ कम्पनीको १८ हजार ८०८ वटा कारोबारबाट २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम भने मात्र ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँको मात्र भएको छ । बिहीबार मेघा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर २४७.५० रुपैयाँ पुग्यो ।

नारायणी विकास बैंकको मूल्य ६.२० प्रतिशतले बढ्दै ३७७ रुपैयाँ पुगेको छ । बिहीबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.४७ प्रतिशतले घटेको छ । सिंगटी हाइड्रो, रुरु जलविद्युत परियोजना, माउन्टेन इनर्जी नेपासहितका कम्पनीको मूल्य समेत घेरै घट्नेमा रहेको छ । यस दिन मेघा बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.