Advertisement

काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा रिजाल

0 159

Advertisement

१२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी हुनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँ यसअघि पनि सोही वडाको अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गर्नुभयो । यस्तै चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो ।

काठमाडौँ–१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्दछन् । वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुनुहुन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.