Advertisement

कोरिया–अमेरिका–जापान गठबन्धनबाट क्षेत्रीय शान्ति कमजोर हुने

0 95

Advertisement

१२ जेठ, एजेन्सी । दक्षिणकोरिया, संयुक्त राज्य अमेरिका र जापानबीचको बलियो गठबन्धनले उत्तरपूर्वी एसियामा शान्ति र स्थिरतालाई कमजोर बनाउने र नयाँ शीतयुद्धको सुरुवात गर्ने दक्षिणकोरियाका एक विज्ञले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष पदभार ग्रहण गरेपछि मङ्गलबार आफ्नो पहिलो एसिया भ्रमण पूरा गरेको र तीन देशबीच सहकार्य हुने अभिव्यक्ति सार्वजनिक भएपछि दक्षिणकोरियाका विज्ञले यस्तो टिप्पणी गरेका हुन् ।

“अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनका लागि साझा शत्रु देश चाहिन्छ… संयुक्त राज्य अमेरिकाले चीनलाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी र शत्रुको रूपमा हेर्छ,” कोरियाको पूर्वी एसियाली अध्ययन संस्थानका निर्देशक वू सु–केउनले दक्षिणकोरिया–अमेरिका–जापानबीचको गठबन्धनबाट उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता कमजोर हुने बताए ।

त्रिदेशीय गठबन्धन दक्षिणकोरियाको राष्ट्रिय हितमा नरहेको बताउँदै उनले वैचारिक युगको अन्त्य र विश्वव्यापी समाजको आगमनको अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायमा अब कुनै पनि शत्रु देश नभएको उल्लेख गरे ।

एसिया–प्रशान्त आर्थिक ढाँचामा सामेल हुने सोलको निर्णयलाई अवाञ्छनीय भन्दै उनले त्यसबाट टकराव र तनाव बढ्ने बताए । “संयुक्त राज्य अमेरिकाले यसलाई समावेशी र लचिलो आर्थिक रूपरेखा भनेको छ तर यदि यो समावेशी छ भने यसले कुनै निश्चित देशलाई बहिष्कार गर्न हुँदैन ।

चीन एसिया–प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो देश हो । चीनलाई बहिष्कार गरेर कसरी समावेशी र लचिलो भन्न सकिन्छ ?” दक्षिण कोरियाली विज्ञले प्रश्न गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.