Advertisement

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

0 261

Advertisement

११ जेठ, काठमाडाैँ । साप्ताहिक कारोबारको तेस्रो दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक (नेप्से) १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापद गर्ने सेन्सिटिभ इन्डेक्स पनि बुधबार २.४२ अंकले बढेर ४३५.०९ विन्दुमा पुगेको छ।

बुधबार कारोबारमा आएका सबै समूहको उपसूचकहरु बढेका छन्। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक १.५३ प्रतिशतले बढ्यो।

बुधबार २६ लाख ९४ हजार ४२९ कित्ता सेयर किनबेच हुँदा सेयर बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो। मंगलबार भने १ अर्ब ८ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो।

बुधबार बलेफी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.९२ प्रतिशतले बढ्यो। कम्पनीको सेयर कारोबार मंगलबारदेखि सुरू भएको हो। यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.८४ प्रतिशतले बढ्यो।

बुधबार कर्पोरेट विकास बैंकको सेयरमूल्य भने सबैभन्दा धेरै ७.१३ प्रतिशतले घटेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.