Advertisement

आँखाको उपचार नहुँदा पढ्नबाट वञ्चित

0 141

Advertisement

१० जेठ, डोटी । उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् ।

पढ्ने इच्छा भएका अधिकारी दुबै आँखा नदेख्ने भएका कारण पढ्नसमेत सकिरहेका छैनन् । आफूसँग आर्थिक अभावका कारण पुरनले आँखा नदेख्नेहरुका लागि पढाइ हुने विद्यालयमा पढ्नसमेत जान सकेका छैनन् ।

बालबालिकाको आँखाको साधारण जाँच देशका सबैजसो अस्पतालमा हुने भए पनि शल्यक्रिया र जटिल खालका रोगका लागि अझै काठमाडौँका ठूला अस्पतालमा नै जानुपर्ने बाध्यता कायम रहेकाले आफूहरुले पुरनलाई अस्पताल पु¥याउन नसकेको उहाँका बुबा जैराम अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यताका अस्पतालमा शल्यक्र्रिया हुँदैन, जिल्ला बाहिर लैजाउ पैसा छैन, कसरी छोरालाई आँखा देख्ने बनाउ यही समस्याले पिरोलिरहन्छ ।” बालबालिकामा आँखासम्बन्धी समस्या देखा पर्नासाथ उपचार गरे धेरै खालका जोखिम कम गर्न सकिने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ कुँवरले बताउनुभयो ।

उहाँको अहिलेको दैनिकी भनेको रेडियो सुनेर गीत गाउने र घरैमा बस्ने भएको छ ।

उहाँसँगैको कान्छो भाइसमेत आँखा नदेख्ने भएपछि परिवारमा झन पीडा थपिएको छ । आँखा नदेख्ने दुबै छोरालाई खाना खुवाउन, सरसफाइ गर्न लगायतका काममा आफूले समय बिताउनुपरेको आमा पशुली अधिकारीले दुःखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो,“म बाचुञ्जेल त छोराहरुको हेरचार गरुला, म नभएपछि यिनीहरुको भविष्य के होला, जहिले चिन्ताले सताएको हुन्छ ।”

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.