सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत
१० जेठ, काठमाडाैँ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड (CFCL) को बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने ७ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस सेयर मंगलबार सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७।७८ बाट चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस र कर प्रयोजनका लागि चुक्ता पूँजीको ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण हो ।
उक्त बोनस कम्पनीको पुस ३० गते बुधबार सम्पन्न कम्पनीको २५ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरणका लागि पुस १८ गतेदेखि पुस ३० गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार पुस १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र उक्त बोनस प्राप्त गर्न सक्नेछन् ।