Advertisement

डन्डिफोरले हैरान त हुनुहुन्न ? हटाउन यसो गर्नुहोस्

0 506

Advertisement

१० जेठ, एजेन्सी । डन्डिफोरले मानिसलाई कुरूप त बनाउँछ । छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ?

डन्डिफोरको समस्या हुनेले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ ।

आफ्नो छाला सुहाउँदिलो फेसवास प्रयोग गर्नुपर्छ । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास प्रयोग गर्दा राम्रो हुन्छ ।

नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाइदिन्छ । अनुहार सफा गर्ने नाममा बारम्बार सफा पनि गर्नुहुँदैन । यसले अनुहारलाई फुस्रो बनाइदिन्छ ।

डन्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाल्नुपर्छ ।

डन्डिफोरलाई हातले छुनुहुँदैन । हात फोहोर भएका वेला त झनै छुनुहुँदैन । यसले संक्रमण बढाउने सम्भावना हुन्छ ।

डन्डिफोर आएर हैरान पार्छ भने त्यस्ता युवायुवतीले बढी चिल्लो, पिरो र अमिलो खानुहुँदैन ।

डन्डिफोरले अति दुःख दियो भने छालाविज्ञलाई देखाउनुपर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.