Advertisement

अस्ट्रियाका राष्ट्रपतिद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा

0 87

Advertisement

०९ जेठ, भियना । अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

युरोपसँगै अस्ट्रियाले अस्थिरता र विविध जटिलता भोगिरहेकाले त्यससँग जुध्नका लागि आफूले उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

कोरोना भाइरसको महामारी, त्यसले अर्थतन्त्रमा पारेको प्रभाव, रुस—युक्रेन युद्ध, जलवायु परिवर्तनलगायतका विषयलाई आफूले मुख्य चुनौतीका रुपमा हेरेको ७८ वर्षीय बेलेनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘मेरो अनुभवलाई अझ एक कार्यकाल देशका लागि प्रयोग गर्न चाहन्छु, त्यसका लागि म अहिले रहेको पदमा दोहोरिन चाहन्छु ।’

अस्ट्रियामा यही वर्षको अन्त्य तिर राष्ट्रपतीय निर्वाचन हुने तय भए पनि मिति भने यकिन भइसकेको छैन । त्यसै गरी उनीसँग अर्को प्रतिस्पर्धी को हुन्छ भन्ने पनि स्पष्ट भई नसकेको समाचारमा जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.