Advertisement

आज पाँचौं भलिबल दिवस, विभिन्न कार्यक्रम गरि मनाईदै

0 145

Advertisement

०८ जेठ, काठमाडौं । विगत पाँच वर्ष यता नेपाली खेलकुद जगतमा भलिबललाई राष्ट्रिय खेल मानिदै आएको छ । सरकारले २०७४ जेठ ८ गतेको दिन भलिभबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो ।

तत्कालिन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकाले भलिबललाई नेपाली माटो सुहाउँदो खेल र यो खेल नेपालको जुनसुकै स्थानमा पनि सहजै खेल्न सकिने भन्दै भलिबललाई राष्ट्रिय खेल घोषण गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषदबाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो ।

सोहि दिनको सम्झना नेपालमा जेठ ८ गते आजकै दिन भलिबल दिवस विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरि मनाइदै आएको छ ।

विगत केहि वर्ष कोरोना महामारीका कारण भलिबल दिवसको दिन आयोजना गरिने औपचारिक कार्यक्रमहरु प्रभावित बन्दै आएको थियो । तर, यस वर्ष भने कोरोनाको जोखिम कम भएसँगै भलिबल दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ ।

पाँचौं भलिबल दिवसको अवसरमा आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जावलाखेलमा मैत्रीपूर्ण खेल तथा विविध कार्यक्रमको आयोजना गर्दैछ ।

यसैगरी नेपाली महिला भलिबलको क्षेक्रमा छुट्टै पहिचान बनाउन सफल न्यु डायमन्ड स्पोर्ट्स क्लबले पनि आज आफ्नै प्रांगणमा विविध कार्यक्रमको आयोजना गर्दैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.