Advertisement

महिला टी-२० क्रिकेट : नेपालले युगान्डालाई दियो ९८ रनको लक्ष्य

0 141

Advertisement

०६ जेठ, काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको चौथो खेलमा नेपालले युगान्डालाई ९८ रनको लक्ष्य दिएको छ ।

बर्षाका कारण २ ओभर घटाइएको खेलमा नेपालले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ९७ रन जोड्न सक्यो । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रन जोडिन् ।

त्यस्तै बिन्दु रावल १६, सीता राना मगर ११, डली भट्टले ६, अप्सरी बेगमले ४, सरिता मगरले २, कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले १-१ रन जोडे ।

युगान्डाका लागि कोन्की ओन्केले सर्वाधिक ३ विकेट लिइन् । सारा अकितेङले समान २ र जानेत बाबाजीले १ विकेट लिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.