Advertisement

चीनको सांघाइमा घट्यो कोरोनाको सङ्क्रमण

0 284

Advertisement

०५ जेठ, सांघाइ । चीनको सांघाइमा कोरोनाको सङ्क्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घण्टामा यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएकाको संख्या ८२ मात्र रहेको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टामा चीनको सांघाइ सहरमा सङ्क्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै सङ्क्रमित भएकाहरु पाइएका छन् ।

उता यहाँ बाहिरबाट आएका अन्य संक्रमितहरु भने २६३ जना रहेका छन् । ती संक्रमितहरु विदेश तथा चीनका अरु सहरबाट आएकामा पाइएको बताइएको छ ।

पछिल्लो केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितको संख्या केही मात्रामा घट्न थालेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सांघाइ म्युनिसिपल हेल्थ कमिसनले दिएको जानकारीअनुसार यहाँ तीन हप्ता अघि दैनिक कम्तीमा २ हजार देखि माथि नै पाइने गरेका सङ्क्रमितहरूको संख्या अहिले घटेको छ ।

पछिल्ला केही दिनयता सङ्क्रमित व्यक्तिको संख्या घट्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या प्रत्येक दिन घट्दै गएका बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.