Advertisement

दोर्दीखोला जलविद्युतको साढे १० करोडको आईपीओ भर्ने आज अन्तिम दिन

0 250

Advertisement

०५ जेठ, काठमाडाैँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालका साथै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले बैशाख १३ गते मंगलबारदेखि पहिलो चरणमा जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ्गका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

जसअनुसार कम्पनीले १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ मूल्यको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता सेयर बिक्री गर्नेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.