Advertisement

गोकर्णेश्वरमा कांग्रेसका मेयर दीपक रिसाल ५८ मतले अगाडी

0 310

Advertisement

०२ जेठ, काठमाडौं । गोकर्णेश्वरमा कांग्रेसका मेयरले ५८ मतले अग्रता लिएका छन् । वडा नं. ५ को १८०० मतगणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ५८ मतले अग्रता लिएका हुन् ।

अहिलेसम्म दीपक रिसालले नगरपालिकाका ५ वटै वडाबाट ५१०८ मत पाएका छन् भनें उनका प्रतिश्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार उद्धव विष्टले ५०५० मत पाएका छन् ।

वडा नं. ५ मा १५१४ मत गन्दा दीपक रिसालले मात्र २४ मतको अग्रता लिएका थिए ।

१८०० मतगणना हुँदा गोकर्णेश्वर ५ मा कांग्रेसका मेयरमा दीपक रिसालले ७२४ मत, उपमेयरमा शान्ति नेपालले ६२२ मत र वडा अध्यक्षमा नारायण बहादुर सुवेदीले ८५८ मत पाएका छन् ।

यसैगरी, नेकपा एमालेले वडा नं. ५ मा मेयरमा उद्धव विष्टले ४८० मत, उपमेयरमा सान्नानी लामाले ५११ मत र वडा अध्यक्षमा तारा कुमारी सिम्खडा पुडासैनीले ४७८ मत प्राप्त गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.