Advertisement

उत्तर कोरियाद्वारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड

0 147

Advertisement

०१ जेठ, प्योङयाङ । उत्तर कोरियाले कोभिड १९ को सङ्क्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ ।

यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । तर पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरू बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ ।

यहाँ शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियामा पछिल्ला केही दिनहरुमा ज्वरोका बिरामी बढेका पाइएको छ । ती ज्वरोका बिरामीहरूमा कोभिड भएको आशङ्का पनि गरिएको छ ।

यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियाली जनस्वास्थ्य मन्त्रालयको संयोजनमा ती ज्वरोका बिरामीहरूको उपचारका काम भएको छ । यहाँ ज्वरो आउने बिरामीको संख्या बढ्दै गएको पनि बताइएको छ ।

ती ज्वरोका बिरामीमा कोभिडको सङ्क्रमण भएको आशङ्का गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको बताइएको छ ।

यहाँका नागरिकले कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

उत्तर कोरियाको राजधानीमा अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो ।

त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिए अनुसार देशव्यापी रुपमा लकडाउन भइरहेको बताइएको छ ।

ज्वरोबाट थप १५ को मृत्यु

उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशङ्का पनि गरिएको छ ।

राज्यको आधिकारिक समाचार समिति केसिएनएले आइतबार प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ ।

जसमा आठ लाख २० हजार ६२० ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५५० चिकित्सा उपचार प्राप्त गरेपछि निको भएका बताइएको छ ।

यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भए लगत्तै नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएका छन्।

उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.