Advertisement

बजाजका ५ मोटरसाइकलको मूल्य बढ्यो (सूचीसहित)

0 166

Advertisement

२५ बैशाख, काठमाडौं । बजाजले आफ्ना ५ मोडलको मूल्य आज आइतबारबाट वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पाँच मोडलको मूल्य बढाएको हो ।

नयाँ मूल्यसूचीका अनुसार बजाजको मोटरसाइकलको मूल्य ३ हजार रुपैयाँदेखि १० हजारसम्मले वृद्धि भएको हो । नयाँ मूल्यसूची अनुसार प्लाटीना, डिस्कभर डिस्क, पल्सर १५०, १५० टीडी र डोमिनार ४०० को मूल्य बढाइएको छ ।

कम्पनीले प्लाटीना इएसको मूल्य ३ हजार रुपैयाँले बढाएर १ लाख ९२ हजार ९०० रुपैयाँ बनाएको छ । त्यस्तै, डिस्कभर १२५ डिस्कको मूल्य ५ हजार रुपैयाँले बढेर २ लाख २१ हजार ९०० रुपैयाँ, पल्सर १५० र पल्सर १५० टीडी दुैबैको मूल्य ३/३ हजार रुपैयाँले बढेर २ लाख ७९ हजार ९०० रुपैयाँ र २ लाख ९५ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यस्तै बजाजको सबैभन्दा धेरै मूल्यको मोटरसाइकल डोमिनार ४०० को मूल्य १० हजार रुपैयाँले वृद्धि भएर ६ लाख ८ हजार ९०० रुपैयाँ कामय भएको छ ।

यी बाहेक अन्य मोटरसाइलको मूल्य यथावत रहको मूल्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तो सबै मोडलको नयाँ मूल्यसूची



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.