Advertisement

अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जनाले लिए अनुमति, करिब ४७ करोड राजस्व संकलन

0 283

Advertisement

१८ वैशाख, काठमाडौं । नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमति लिएका छन्। अनुमति लिएका आरोहीहरु आधारशिविरसम्म पुगिसकेको पर्यटन विभागले जनाएको छ।

यस महिना हिमाल आरोहण गर्न ७४ देशबाट १९५ महिला र ७०४ जना पुरुष गरी ८९९ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ।

यस महिना नेपालका हिमाल आरोहणका लागि आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकाबाट १३३ जना त्यसपछि युकेबाट १०६ जना, भारतबाट ६० जना, फ्रान्सबाट ५६ जना रहेको विभागको तथ्यांक छ।

२५ वटा हिमाल आरोहण गर्न १११ आरोहणदल रहेका छन्। विभागले प्रत्येक आरोहणदलका लागि एक जना सम्पर्क अधिकृत समेत खटाइ सकेको छ। आरोहीसँग समन्वय गर्दै गैरकानुनी गविविधिको अनुगमन गर्न सरकारले कार्यालय नभएको क्षेत्रमा तत्कालका लागि सम्पर्क अधिकृत खटाउने गरेको छ।

यस महिना सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३१६ जना, त्यसपछि ल्होत्से हिमाल आरोहणका लागि ११२ जना, आमादव्लम हिमाल आरोहणका लागि ९७ जना, कञ्चनजञ्गा हिमाल आरोहणका लागि ६८ जना, नुप्से हिमाल आरोहणका लागि ५७ जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ।

हिमाल आरोहण शुल्कबापत विभागले ४६ करोड ७५ लाख सात हजार ६७१ रुपैयाँ राजस्व संकलन गरेको विभागले जानकारी दिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.