Advertisement

शनिबार युक्रेनस्थित लिभ सहरमा भटिएकी थिइन एन्जेलिना जोली

0 306

Advertisement

१८ बैशाख, एजेन्सी । एन्जेलिना जोली गत शनिबार युक्रेनस्थित लिभ सहरमा भटिएकी थिइन, जहाँ उनले युक्रेन र रुसबीचको युद्धमा घरबार विहीन भएका नागरिकहरुसँग भेटघाट गरेकी थिइन । उनी UNHCR कि दूत पनि रहेकी छिन् । तर उनी UNHCR को विशेष दूतकै हैसियतमा त्यहाँ पुगेकी हुन् कि हैनन् भन्ने कुरा खुलाइएको भने छैन् ।

लिभका रिजनल गभर्नर ‘म्याक्सिम कोजित्स्की’ले टेलिग्राममा जोलीको स्वैच्छिक कार्यकर्ताहरुसँगको फोटो र बालबालिकाहरुसँग खेलिरहेको भिडियो पोष्ट गर्दै, उनीहरु सबैका लागी जोलीको उपस्थिति आश्चर्यजनक रहेको बताएका छन् । जोलीले एक अस्पतालमा क्रेमाटर्क्स स्टेसनमा भएको बमबारीका क्रममा घाइते भएका बालबालिकाहरुसँग पनि भेट गरेकी छिन् । गभर्नरका अनुसार उक्त बमबारीमा ५० भन्दा बढि नागरिकहरुको बाँच्नका लागी गरिएको भागदौडका क्रममा मृत्य भएको थियो ।

जोलीले त्यहाँबाट बिस्थापित भएका र भाग्दै गरेका केहि स्वैच्छिक कार्यकर्ताहरुसँग कुरा गर्दै मानसिक सहयोग र हौसला समेत दिएकी थिइन् । लिभ निवासी माया पिधोरेतस्काले सामाजिका संजालमा भिडियो सेयर गर्दै लेखिकी छिन्, म अहिले कफी पिउँदै गर्दा स्टार एन्जेलिना जोलीलाई लिभकै क्याफेमा देखिरहेको छु ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.