Advertisement

बागी उम्मेदवारी फिर्ता गराउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

0 467

Advertisement

१६ बैशाख, काठमाडाैँ । पाँच दलिय सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। शुक्रबार बिहान साढे ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको बैठकमा मुख्य रुपमा बागी उम्मेदवारीका विषयमा छलफल भइरहेको हो।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा देशका कतिपय स्थानमा गठबन्धन गरेर गएका पाँच दलले बागी उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गरिरहेका हुन्।

राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले बालुवाटारमा बैठक जारी रहेको जानकारी दिए। ‘बागी उम्मेदवारी फिर्ता लगायतको बारेमा अहिले हामी छलफल गरिरहेका छौं,’उनले नेपाल लाइभसँग भने।

उम्मेदवारी फिर्ताको समय आज साँझ पाँच बजे सकिने निर्वाचन आयोगको कार्यतालिका रहेको छ। साँझसम्म गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गराउनका लागि छलफल भइरहेको हो।

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ। वैशाख ११ र १२ गते देशैभर मनोनयन दर्ता भएको थियो। सो क्रममा भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका सहित विभिन्न उपमहानगर, नगरपालिका र गाउँपालिकामा गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.