Advertisement

एक सातामै २५० करोड

0 411

Advertisement

१० बैशाख, एजेन्सी (मुम्बई) । दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर–२’ ले बक्स अफिसमा लगातार तहल्का मच्चाउँदै आएको छ। बक्स अफिसमा एकपछि अर्को कीर्तिमान बनाउँदै आएको चलचित्रले रिलिज भएको एक सातामै २५० करोडको कमाइ गरेको हो।

‘केजीएफ च्याप्टर–२’ बक्स अफिसमा सबैभन्दा चाँडो २५० करोड कमाउने हिन्दी भर्सनको पहिलो चलचित्र पनि बनेको छ। यस चलचित्रले रिलिजको सातौं दिन बुधबार १६.३५ करोड आम्दानी गरेको थियो। यस चलचित्रले एक साताको अवधिमा २५५.०५ करोड आम्दानी गरिसकेको छ।

ओपनिङ विकेन्ड कलेक्सनमा ‘केजीएफ–२’ ले निर्देशक एसएस राजामौलीको अघिल्लो चलचित्र ‘बाहुबली २’लाई समेत उछिनेको छ। पहिलो सप्ताहन्त ‘केजीएफ च्याप्टर–२’ को हिन्दी डब भर्सनले भारतीय बक्स अफिसमा १९३.९९ करोड भारु कमाएको थियो। यसअघि ‘बाहुबली–२’ १२८ करोड भारु कमाउँदै हिन्दी भाषामा सबैभन्दा बढी कमाउने चलचित्र बनेको थियो। ‘केजीएफ च्याप्टर–२’ले ‘२.०’, ‘सञ्जु’, ‘साहो’, ‘टाइगर जिन्दा है’, ‘आरआरआर’ र ‘बाहुबली–१’ को ओपनिङ विकेन्डको कमाइलाई पनि उछिनेको छ। दक्षिण भारतीय सुपर स्टार यशको चलचित्र ‘केजीएफ च्याप्टर–२’ले सबै भर्सनबाट भारतमा ५०० करोडको आँकडा पार गरिसकेको छ।

यस वर्षकै बहुप्रतिक्षित ‘केजीएफ च्याप्टर–२’ ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको अकुपेन्सीसहित ओपनिङ गरिरहेको थियो। पहिलो साताको समाप्तिसम्म पनि चलचित्रले राम्रो ब्यापार गरिरहेको छ। ‘केजीएफ च्याप्टर–२’को दबदबाका कारण थलपति विजयको ‘बिस्ट’ले नराम्रोसँग नोक्सानी बेहोर्नु परेको छ। भारतको सबै राज्यमा ‘केजीएफ च्याप्टर–२’ को दबदबा रहेका कारण ‘बिस्ट’ छायाँमा परेको हो।

‘बिस्ट’लाई मध्यपूर्वी मुलुक कुवेतमा प्रतिबन्धसमेत लगाइएको थियो। मुस्लिम र पाकिस्तान विरोधी दृश्य समावेश गरिएको भन्दै कुवेत सरकारले प्रतिबन्ध लगाइएको हो। विजयको यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंकवादको मुद्दालाई उठाइएको कुवेतको सेन्सर बोर्डले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.