Advertisement

‘केजीएफ २’को हिन्दी भर्जनले चार दिनमा कमायो १९४ करोड

0 496

Advertisement

०६ बैशाख, काठमाडौं । दक्षिण भारतीय फिल्म अभिनेता यशको फिल्म ‘केजीएफ २’को अहिले सिनेमा हलमा निकै राम्रो व्यापार गरिरहेको छ। तमिल, मलयालम, तेलगु, हिन्दी र कन्नड गरी पाँच भाषामा प्रदर्शन भएको उक्त फिल्मले हालसम्म ५५१ करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरिसकेको छ।

यसबीच फिल्मको हिन्दी भर्जनले पनि प्रदर्शन भएको चार दिनमा १९४ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ। फिल्मको हिन्दी भर्जनले चौथो दिनमा मात्रै ५० करोड ३५ लाख भारतीय रुपैयाँको आम्दानी गरेको थियो।

‘केजीएफ २’को हिन्दी भर्जन हालसम्म कै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म पनि बनेको छ। हिन्दी भाषामा प्रदर्शन भएका हालसम्मका फिल्महरुले चार दिनमा यो मात्रामा कमाई गरेका थिएनन्। यसअघि सर्वाधिक आम्दानी रहेको फिल्म ‘बाहुबली’ले ४ दिनको प्रदर्शनमा १६८ करोड भारतीय रुपैयाँको आम्दानी गरेको थियो।

प्रशान्त निलको निर्देशनमा बनेको यो फिलम २०१८ मा प्रदर्शनमा आएको ‘केजीएफ’को सिक्वेल हो। फिल्म करिब सय करोडको बजेटमा निर्माण भएको छ। यसमा यशसँगै सञ्जय दत्त, रविना टण्डनलगायतका कलाकारको मुख्य भूमिकामा अभिनय छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.