Advertisement

पोखराको मेयर बन्ने दौडमा पूर्वसचिव बाबुराम आचार्य

0 266

Advertisement

२७ चैत, पोखरा । देशमा स्थानीय तहको निर्वाचनको रौनक उत्कर्षमा पुगेको छ । दलका नेताहरुको दौडधूप निकै बढेको छ । दलहरुले चुनावी अभियान तीव्र बनाएका छन् । साथै उम्मेदवार छनोटको कार्य पनि शुरु भएको छ । आकांक्षीको संख्या अत्यधिक भएपछि सकस भएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदै छ । चुनावको मिति घोषणासँगै स्थानीय तह हाँक्ने आकांक्षीहरू पनि खुलेका छन् ।

पोखरा महानगरपालिका भूगोलको हिसाबले देशकै ठुलो महानगरपालिका हो । एमालेको बलियो पकड रहेको पोखरामा अहिले एमालेका मानबहादुर जिसी नगरप्रमुख छन् । गएको चुनावमा उनले करिब १४ हजार मतान्तरले जितेका थिए ।

पर्यटकीय नगरी पोखराको नगरप्रमुख पदमा निर्वाचन लड्न अहिलेसम्म दर्जन बढी आकांक्षी दाबी देखिएकाे छ । तर, पार्टीको निर्देशनविपरित उम्मेदवारी घोषणा गर्न नमिल्ने भएकाले उनीहरू प्रत्यक्ष रूपमा आफूलाई उमेदवार नभनेपनि भित्री तयारी र लबिङमा भने निरन्तर छन् ।

आगामी पाँच वर्षका लागि पोखरा हाँक्न इच्छुकमध्ये एक हुन पूर्वसचिव बाबुराम आचार्य । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका आचार्य आफ्नो प्रशासनिक अनुभवबाट महानगरलाई समृद्ध बनाउन चाहन्छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका आचार्य कास्की कांग्रेसमा पनि सन्तुलित र क्षमतावान नेताको रूपमा चिनिन्छन् ।

सचिवबाट अवकाश पाएसँगै २०६७ सालदेखि कांग्रेसमा क्रियाशील आचार्य तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको प्रशासनिक सल्लाहकार समेत रहेका थिए । भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम तथा यातायात मन्त्रालयमा काम गरेको अनुभव आचार्यसँग छ । यसबाहेक उनले नापी विभागको महानिर्देशक समेत भएर काम गरेका छन् ।

आचार्यले ३० वर्ष प्रशासनिक क्षेत्रमा अनुभव संगालेका छन् । प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकार भएर पनि आचार्यले काम गरेका छन् । ‘उच्च जिम्मेवारी सफलता साथ वहन गर्नु भएकोले उहाँको अनुभव यस क्षेत्रका लागि बढी उपयोगी हुने कुरामा दुईमत हुन सक्दैन’, उनीसंग नजिक रहेर संगत गरेका एक कांग्रेस नेता भन्छन्, ‘ईमान्दार, निर्भिक तथा स्वच्छ छविका आचार्यले आफ्नो नेतृत्व क्षमता धेरै ठाउँमा प्रदर्शन गरिसक्नु भएको छ । नेपाली काँग्रेसको कर्मठ कार्यकर्ताको रूपमा उहाँले संगठन सुदृढीकरण र पोखराका लागि गर्नु भएको योगदान हामी सबै सामु छ ।’

मुलुकको राजनीति संक्रमणकालीन अवस्थामा रहे पनि विकासलाई राजनीतिकरुपमा हेर्न नहुने नेता आचार्यको जोड छ । ठूला ठूला सपना देखेर होइन, यहाँको अवस्था हेरेर सानै प्रयासले पनि पोखराको विकास गर्न सकिने उनको तर्क छ ।  तर यसमा काम गर्नका लागि दृढ संकल्प र आँट भने गर्नुपर्ने उनी बताउँछन् । पोखराका सडक फराकिला बनाउने र बसपार्क बनाउन ठूलै आँट गर्नुपर्ने आचार्य बताउँछन् ।

नेपाल भारत सीमा समाधान बैठकको नेतृत्व, निर्वाचन क्षेत्र निर्धारण आयोगको सचिव, सुकुम्बासी समस्या समाधान केन्द्रीय आयोगको सदस्य सचिव, वन सुदृढीकरण आयोगको सदस्य लगायतका थुप्रै र महत्वपूर्ण बैठकमा उनले नेपाल र सरकारको प्रतिनिधिको रूपमा काम गरेका छन् ।

संयुक्त राष्ट्रसंघको स्वयंसेवक भएर उनी कम्बोडिया पुगेका थिए । यस्तै, बेलायतमा रोयल इन्स्टिच्युसन अफ चार्डर्ड सर्भेयर्स, काठमाण्डौ विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्यसमेत भएर काम गरेका आचार्यले पोखराको विकासमा पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, विभिन्न सामाजिक क्षेत्रमा योगदान गरेका छन् ।

आचार्य तीनै व्यक्ति हुन, जो अख्तियारको प्रमुख आयुक्तमा सिफारिस हुँदा बिभिन्न राजनैतिक कारण बाट नियुक्त हुन पाएका थिएनन् । आचार्यलाई २०६७ सालमा तत्कालीन एमाले र कांग्रेसको संयुक्त सरकारको बेला कांग्रेस कोटाबाट अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरिएको थियो । त्यसबेला माधव नेपाल प्रधानमन्त्री थिए भने विपक्षी दलको नेता माओवादी अध्यक्ष प्रचण्ड थिए ।

प्रचण्डले माधव नेपाल कठपुतली सरकारको प्रधानमन्त्री भएको भन्दै बहिस्कार गरेका बेला बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि सो निर्णय निष्क्रिय भएको थियो ।

प्रशासनिक रूपमा कार्यरत रहँदा स्वच्छ छवि बनाएका आचार्यलाई पोखरा महानगरको नगरप्रमुखमा अगाडि बढाए जित सहज हुने र महानगरकै विकासमा योगदान पुग्ने विश्लेषण कांग्रेसकै नेता कार्यकर्ताहरूको रहेको छ ।

गठबन्धन भएर पोखरा महानगरपालिका कांग्रेसको भागमा परेको खण्डमा उनले टिकट ल्याउन सक्ने चर्चा पोखरामा चलिरहेको छ ।

बाबुरामका समर्थकहरु भन्छन्नेतृत्वमा हुनु पर्ने गुण सम्पन्न ब्यक्तित्व राजनीतिमा होस् वा अन्य कुनै पनि संघ, संस्थामा अपरिहार्यता छ। जसको परिपूरक उहाँ नै हो। तसर्थ बिगतदेखि नै यस बिषय सन्दर्भमा अभाव खड्केको कुरालाई कोही कसैले नकार्न सक्ने अबस्था रहेन। अब पनि यही परिपाटीले निरन्तरता पाएमा पोखरा नगरबासीका निमित्त ठूलो दुर्भाग्य हुनेछ। यो वास्तविक यथार्थतालाई मनन् गरेर हाम्रोलाई होईन राम्रोलाई भन्ने बस्तुगत धरातलमा टेकेर जनमानसमा चेतना अभिबृद्दि गराउँदै पोखराबासीका लागि आउंदो चुनाबमा वहाँको बिकल्पमा अर्को उम्मेद्वार खोजी गरिरहनु नपर्ने कुरामा दुईमत रहदैन भन्ने ठान्नु गलत नहोला।

नेतृत्व मा हुनु पर्ने सबै गुण भएकोे नेपाल सरकार का पुर्ब सचिब हरेक हिसाबले पुर्ण ईन्जिनियरिङ प्रसासनिक कुटनैतिक पोखरा को बृहतर बिकासका लागि बैदेसिक अनुदान का लागि आफै सम्पर्क गरि अंग्रेज़ी भाषा बाट diologue गरि donor लाई चित्त बुझ्नाउन सक्ने खुबी भएको बिकास प्रेमी सालिन ब्याक्तित्व बाबुराम आचार्यलाई पोखाराको प्रमुख (मेयर )हुन योग्य हुनुहुन्छ । आज सम्म पोखराले यस्तो ब्याक्तित्व पाएको छैन सबै पार्टी जनता लाई चित्त बुझाएर हाक्न सक्ने ब्यक्तित्व हुनुहुन्छ आचार्य ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.