Advertisement

नेपाली कांग्रेसका श्रद्धय महामन्त्रीद्वयलाई खुला पत्र

0 685

Advertisement

२० चैत्र, भक्तपुर  । समादरणीय युवा नेताद्वयलाई स्थानीय लगायत निर्वाचनलाई मध्यनजर गरि सुझाबहरुलाई समाजमा अध्ययन गरेको आधारमा मनमा लागेर नहिच्किचाई केही क्षेत्रका बारेमा कलम चलाएको छु।

तपाइहरु दुईलाई चौधौं महाधिवेशनले थप गरेको जिम्मेवारी बोधनै होला जिम्मेवारीमा अब्बल हुनुहुन्छ पनि । कलम चलाउँदै गर्दा कहिकतै तपाइहरुमा भएको प्रजातान्त्रिक संस्कारले सुझाबकसंग रिसाउनु हुन्न भन्नेमा बिश्वस्त छु, लेखकीय कलम मेरो भए पनि संकलित सुझावहरु प्रतिनिधि सुझाबहरु हुन।

तपाईंहरु जत्तिको सक्षम नेतृत्वले संस्थाको अभावबाट उत्पन्न जंगलराज र टुक्कावाजीराजको अराजकतामा पनि सुधारका आशाका किरण देखाएको ईतिहास यहाँहरुकै जीवनकर्ममा ब्यतित छ। संसारका असल अवसरहरु अनुकुल समयका लागि दौडन्छन तर प्रतिकुल समयमा र प्रतिकुल अवसरमा पनि नेपालीहरुको चाहानासंग दौडने तपाइहरुको पार्टी नीति , नेतृत्वको मिहेनत, लगाव , कहिलै कमि नहोस यहि आशा गरेको छौं। शक्तिको मुल्यांकन, बस्तुवादी संयमता अपनाएर ढाडमा टेकेर कांग्रेसको टाउकोमा हानिदैछ भन्ने सामाजिक चर्चाको बिषयलाई गहन अध्ययन गर्नुहुनेछ आशा राख्छौं ।   

आजको नेपाल सहभागितामूलक प्रजातान्त्रिक अभ्यासमा छ ,  तर राजनीतिले युवाहरूलाई तुलनात्मक  रुपमा पार्टीमा सहभागी गराउन सकेन। जसका कारण युवा मन बिचलित भएर हाम्रो पार्टीमा कमजोर सहभागीता भएको छ। युवाहरूलाई राजनीतिमा महोल बनाउन नेपाली कांग्रेसको बिधानमा नेतृत्वमा आउन लगाएको बन्देज पुनर्बिचार गर्नु नै पर्दछ। यस सम्बन्धमा पार्टीको नीतिनिर्माणतहमा भएका तपाईंहरुले नेतृत्वमा हस्तक्षेप वा अफ्नो एजेन्डामा नेतृत्वलाई डोर्‍याउन सक्ने ल्याकत राख्नुहोस यसमा धेरै युवा आशावादी छ्न ।

अन्यथा तपाईंहरुसंग आम नागरिक अभिभावकले युवा परिचालनको आत्मबिश्वासमा राखेको बिश्वास र आशामा तुषारापात हुने निश्चित छ।    अर्को बिषयतर्फ ध्यानाकर्षण गराउछु कि नेपालमा बेरोजगारी समस्या समाधान र चुनौतीमा नेपाली कांग्रेसको दृष्टिकोण तपाइँहरुले नै बैज्ञानिक रुपमा तर्जुमा गर्नुपर्दछ। दिगो विकास लक्ष्य र नेपालको बेरोजगारी दर सन २०३० मा १० प्रतिशतमा झार्ने लक्ष्य पनि तपाईंहरुनै सक्रिय नभएमा पूरा नहुने निश्चित छ।

नेपालमा १५ देखि ५९ बर्ष उमेरसमुहमा झन्डै २८ प्रतिशत बेरोजगारी रहेको तथ्यांकले औल्याएको छ। प्रत्येक बर्ष झन्डै ६ लाख बेरोजगारी बजारमा थप हुने देखिन्छ। वैदेशिक असंतुलन, युद्ध, महामारी, आदिले वैदेशिक रोजागारीबाट फर्किने बेरोजगार त झनै बिसौ लाख दरमा डरलाग्दो छ। एक नम्बर प्रदेशमा २६.१६ प्रतिशत बेरोजगार , मधेस प्रदेशमा २४.६५ प्रतिशत बेरोजगार , बाग्मती प्रदेशमा २५.७३ प्रतिशत बेरोजगार, गण्डकी प्रदेशमा ३०.०८ प्रतिशत बेरोजगार , लुम्बिनी प्रदेशमा ३१.८९ प्रतिशत बेरोजगार , कर्णाली प्रदेशमा २२.०८ प्रतिशत बेरोजगार र सुदुर पश्चिम प्रदेशमा ३८.८२ प्रतिशत बेरोजगार रहेको तथ्यांक अध्ययन गरि तत तत क्षेत्रमा सीपमूलक तालिम,  उत्पादनमा आधारित रोजगारमूलक कार्य गराउने नीतिनिर्माताको जिम्मा तपाईहरु दुईमा नीतिगत रुपमा नेपाली जनताले सुम्पन खोजेको बिषय कहिँ कतै नजरान्दाज नगरिदिनु हुन अनुरोध छ।

सीपलाई उत्पादनमा बदल्न नीति कार्यक्रम दिने पनि यहाँहरुनै हो। उत्पादनलाई लगानी सहुलियत नीति निर्माणको तय पनि यहाँहरुले नै गर्ने हो। बिदेशबाट सिकेको सीपलाई जगेर्ना, प्रबर्द्धन र उपयोग गर्ने नीति पनि तपाइहरुले नै ल्याउने हो। जसले गर्दा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण , कुल गार्हस्थ उत्पादन वृद्धि , रोजगारी सिर्जना र राजस्वमा वृद्धि हुँदा छवि उज्यालिने पनि यहाँहरुको नेतृत्व क्षमताको, आम नेपालीको र देशको नै हो। उत्पादनमा लाग्न सरकार हाम्रो छ कृषिमा आधारित जनता सबै हाम्रै छन, मल र बीउ बिजनको बजारमा हाहाकार छ, सरकार मौन छ। तपाइहरु मत माग्न घरघरमा जाँदा मकै गोड्ने र राष्ट्रिय धानलाई मल बीउ नपाएर  कालोबजारीमा मल बीउ किन्ने किसानलाई चित्त बुझाउन सकिएला ? औद्योगकिकरण नीति र मल बीउ उत्पादन गर्न ढिला भएन र ? यहाँहरुले प्रयास गरेमा हुन्छ भन्ने आशा सबैमा छ। अलमल र अपजश गर्नेले लेला तर हानी परिणाममा पर्छ।   युवाहरूलाई रोजगारी सिर्जनाले मात्रै पनि यहाँहरुको लक्ष्य र कर्तव्य पूरा हुन्न भन्ने बुझाइ पनि समाजमा छ।

राजनीतिमा युवाहरूलाई स्थापित गर्न गराउन श्रोत, साधन , पार्टीको पुरातनयुक्त संरचना  र आम रोजगारीको अवसरको दृष्टिकोण कारक रुपमा रहेकोले यथार्थ चित्रण अध्ययन एबं सकारात्मक सोच जरुरी छ। निर्वाचनका बेलामा मात्रै घर घर जाउँ कांग्रेसलाई जिताउँ अभ्यासले आम अभिभावकलाई मत मागेर मात्रै  गिज्याएझैं देखिएको छ। निर्वाचनमा आफ्ना आर्थिक , सामाजिक , कृषि , पुर्वाधारका र रोजगारीका एजेन्डालाई लिएर जनतासामु लानु पर्नेमा त्यसो नगरेर आफैं हिलोमा बसेर अरुलाइ  हिलो छ्याप्ने र सञ्जालमा मत माग्न हिडेका फोटोहरु प्रदर्शन गर्ने कार्यहरु भए गरेका छ्न सुधार आवस्यक छ कि? कांग्रेसलाई किन मत दिने भन्ने प्रश्नको जवाफमा अन्यअरुले के गरे, गरेनन होइन , हाम्रो राष्ट्रिय एजेन्डा स्वाधिनतामा, उत्पादनमा , कृषिमा, आर्थिकमा, पुर्वाधारमा र रोजगारीमा यो यो हो भनेर जान अब ढिला गर्नु हुँदै हुदैन। राष्ट्रिय स्वाधिनताका बारेमा मतदाताको मनमा मैलो छर्नेहरु कुनाकुनाबाट लुकेर झुट मदत्त गरेका छन ।

त्यहा त्यहा तपाईं हाम्रो उपस्थिति जवाफ सहितको मार्ग मार्गमा तथ्यांकीय रुपमा आउनै पर्दछ।नेपाल विद्यार्थी संघलाई कांग्रेसकाे नर्सरी भनिन्छ, तरुण दल वृद्ध भयो। पार्टी नेतृत्वले याे भनाई लाई साँच्चिकै ब्यावहारिक रुपमै उतारेछ । नेतृत्वको  निर्णयले पुष्टि पनि गर्याे । आफ्नो हनुमानलाई साथमा राख्ने र संस्थालाई नपुंसक बनाएर भजनमण्डलीलाई मात्रै जिम्मेवारी दिँदा अहिले जिम्मेवारी पाउने भाइहरु पनि योग्यतम हुँदै गर्दा पनि ट्याग भिर्न बाध्य भए। युवामैत्री, युवालाई अनुमोदन गर्ने, उमेरहद जस्ता नीतिगत प्रणाली राजनीतिमा नभएकाले यसतर्फ युवा पुस्ताको वितृष्णा बढेको बिषयले नेतृत्वको कान समाउन सकेन र गोडा समाउन बाध्य भयो।  

आम नागरिक मतदाता जसले कांग्रेस बाहेकको चुनाब चिन्हका बारेमा जीवनभर जान्दैन र मत हाल्दा रुख नदेखे रुखजस्तै चिन्हमा मात्रै मत हाल्छ अन्यमा हात पुराउन्न बरु मत नहाली फर्कन्छ,  त्यस्ता कांग्रेस मतदाताको मन कुँडिने गरि गठबन्धन गर्न खोज्नु मतदाताको मनप्रतिको मायामा धोका , चरम अन्याय र शोषण हो भन्ने बुझ्नुहुनेछ।     

युवाहरूलाई बेरोजगार राख्नेभन्दा जनसंख्याको आधारमा राज्य संचालनको सेवा प्रदायक क्षेत्रमा रोजगारीको अबसरको रुपरेखा जनसंख्या र घनत्वका आधारमा तयार पार्न पर्दछ। राज्यका अङ्गहरुमा कार्यबिधी मिचेर वा गलत कार्यबिधिले राष्ट्रिय धनमा लामो समयदेखि सक्ने सबैले दोहन गरेका छ्न। त्यही राष्ट्रिय धनको दोहन रोक्न सरकारी सार्बजनिक सेवा क्षेत्रमा करार, अस्थायी , ज्यालादारीभन्दा स्थायी दरबन्दीको सिर्जना र संगठन संरचना बनाउन बिज्ञहरुको सल्लाहमा देस र आर्थिक ढुकुटीले धान्ने गरि कानुन नै निर्माण गर्नु नै पर्दछ।

२०५४ साल पश्चात् सुरु गरिएको दलीय स्वार्थको सेवा प्रबाहको संरचनाले गैर बिधिगत संरचनालाई स्थायी र कानुनी बनाएर नियममा पजनी गरिएको छ जसले भ्रष्टाचार मौलाएको छ । राजनैतिक नेतृत्वले संरक्षणमा राखेर वा बिश्वासमा पारेर राष्ट्रिय ढुकुटीमा गरिने दोहनमा सबै तहतप्काका नलागे पनि सबैतहका राजनीतिक र प्रशासनिक उच्चपदस्थले मुखै गाडेर दाँतले भ्याउनेसम्म कोपरेको र झिक्न मिल्नेजती झिकेर दुरुपयोग गरेको बिषय महालेखा परिक्षकबाट र आन्तरिक लेखापरीक्षणबाट आएको प्रतिबेदनले बोलेको छ।

औंला उठाएर अरुतर्फ संघीनता छर्कदै गर्दा  अध्ययनमा तपाईहरु स्पष्ट हुन जरुरी छ। गतिशील हुन जरुरी छ। अध्ययनशील हुन जरुरी छ र छवि स्पष्ट हुन जरुरी छ।    निर्वाचित हुने प्रतिनिधि छनौट गर्दा दलीय नेतृत्वले बिगतमा गरेका गल्ती कमजोरी दोर्‍याउन नहुने तर्फ विशेष चनाखो रहन पर्छ। सिफारिस गरीने उम्मेदवारका बारेमा जसरी सिक्काको दुईपाटाले सन्तुलित स्वरुप निर्माण गरेको देखिन्छ त्यसरीनै मन वचन र कर्मले सम्बन्धका आ आफ्नै पाटाहरुमा संन्तुलित व्यबहार अपनाउनु आजको कांग्रेसको नीतिगत आवस्यकता हो।   

स्थानीय लगायत निर्वाचनमा अहिलेको कांग्रेसले स्थापनाकालीन सिद्धान्त र आफ्ना संस्थापक नेता बिपीको विचारलाई लत्याएर गठबन्धनका नाममा आफ्ना कार्यकर्तालाई अन्य पार्टीमा भोट हाल्ने उर्दि जारी गर्दा आगामी दिनमा पुस्तौंसम्म ठूलो राजनीतिक नोक्सानी व्यहोर्नु पर्ने देखिन्छ। कांग्रेसको त्यो अक्षम्य भुलले देशको प्रजातान्त्रिक आन्दोलनले नै  चुनौती खेप्न पर्नेछ । कांग्रेसले अझै पनि प्रजातान्त्रिक मूल्य र पार्टीकै सिद्धान्तविपरीत केवल सत्तास्वार्थ र वैयक्तिकरुपमा प्रधानमन्त्रीलाई दवाब एबं बध्याता देखाएर कम्युनिस्ट पार्टीहरूसँग साँठगाँठ गरिरहन्छ भने नेपाली राजनीतिमा सिद्धान्त, निष्ठा, नैतिकताको  र बहुलवादी राजनीति माथि प्रश्न खडा हुन्छ ।    बुद्धिमान मानिसलाई समय-समयमा मुर्खहरुसंग कालबेला बिताउन परेको अनुभव तपाइहरुसंगै छ। त्यसैलाई अध्ययन गरि तपाइहरुले सिकाइ बदलेर दरिलो लक्ष्यलाई जीवनको उपहारको रुपमा लिदै पार्टी र समाजको सफलताको क्षितिज धेरै फराकिलो बनाउने जिम्मेवारी पनि तपाईहरुमा नै छ ।

अहिलेको पार्टी नेतृत्वले अहिलेकै संविधानको ब्यबस्थाले कुनै पनि पार्टीले बहुमत पुर्‍याउन सक्दैनन भन्नू र अन्यसंग नमिले सिट पाइन्न र बहुमत पुर्‍याउन गठबन्धन आवस्यक छ भन्ने जडसुत्रवादी सोचलाई आफ्नो घरको छानामा बसेर हेर्दा आफ्नो आकार पत्ता नहुने तर अर्काको घरको आकार मात्रै बुझ्ने जुन दुष्प्रयास हो , त्यसले कांग्रेसले आफ्नो बिशालतालाई भुल्नु पनि हो भनेर बुझौं। निर्वाचनमा  उपयुक्त समयानुकूल निर्णयमा तपाइहरुले नै आफ्नो एजेन्डामा नेतृत्वलाई ल्याउन सक्नु पर्छ। बिगतको कालबेला बिताउनु भयो, भोग्नु पनि भयो, तर अब आम पार्टीपंक्तिलाई फरक गठबन्धन चिन्हमा भोट गर्न चिच्याउन छोड्नु पर्छ। एक्लो रुख यदि पुर्णरुपमा उम्रन्छ भने  बलियो भएर हुर्कन्छ भन्ने सिद्धान्त अपनाउन जरुरी छ निर्वाचनमा उम्मेदवारीमा । सबै तहतप्कामा युवा नीति लागू गर्नु पर्छ।

कृषिमा निर्भरता ६०.४ प्रतिशतलाई झार्नै पर्दछ। कृषिमा तुलनात्मक लाभको क्षेत्र पहिचान गरेर लगानी वृद्धि गर्नै पर्दछ । जनसंख्याको घनत्वका आधारमा कम्तिमा ३ प्रतिशत सेवादायी कर्मचारी , शिक्षक, बित्तीयक्षेत्र लगायत स्वास्थ्यकर्मीलाई संगठन संरचनामा सबै तहमा आवद्ध गराउनै पर्छ। श्रोत साधनलाई स्थानीयतह केन्द्रीत गराउन पहल गरि सहर बसाइ र अनुत्पादक बसाई सराइ नीतिलाई ह्रास गराउनै पर्नेछ। युवा उत्पादनशील बेरोजगारी न्यून गर्न रोजगारी सिर्जनाका लागि नीतिगतरुपमा ब्यबस्थापन गर्नै पर्दछ। सबै तहतप्काका संस्थागत र ब्यक्तिगतजन्य भ्रष्टाचार जस्तो माहारोगमा स्पष्ट सुन्य सहनशीलताको नीति अबलम्बन गर्नै पर्छ।

यहाँहरुको नेतृत्वमा आम नेपालीले चाहेका कुराहरु अझै धेरैछ्न। मैले एकै पत्र यसैपत्रमा यतिमात्र कोरेको छु। जिन्दगीको पाना लामो छ , सायद एउटा कुनै हरफमा अवस्य भेट हुनेछ । आशन्न चौधौं महाधिवेशनमा घर घरमा बसेर मतदाता हुँदा नहुँदा पनि गगन-बिश्व भन्ने मन – मनको चाहमा नुनचुक पर्छ कि भनेर यहाँहरुको दिनचर्या सामाजिक हित र राष्ट्रिय स्वार्थमा केन्द्रीत भएर कार्यकाल बितोस। नेपाली कांग्रेसक यस अगाडिका पदाधिकारी, महामन्त्रीभन्दा तपाइहरुसंग ज्यादा आशा राखेका नागरिकका मनलाई सम्झेर यहाँहरुको कार्यसम्पादन होस।जय नेपाल ।

 समाजवाद अध्ययन केन्द्र चाँगुनारायण , भक्तपुर 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.